News Griha :: न्यूजगृह
चितवनमा कन्टेनर र ट्रक ठोक्किँदा दुवै चालकको मृत्यु, सहचालकको अवस्था गम्भीर

चितवन—चितवनको नारायणगढ–मुग्लिन सडकको भतेरीमा कन्टेनर र ट्रक एकापसमा ठोक्किँदा दुवै गाडीका चालकको मृत्यु भएको छ। दुर्घटनामा एक जना सहचालक गम्भीर घाइते भएका छन्। 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार दुर्घटनामा भारतको उत्तर प्रदेशका २४ वर्षीय मेहताव आलम र वीरगञ्ज महानगरपालिका–२४ का ३३ वर्षीय प्रमोद पटेलको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको रिजालले जानकारी दिए।

मृतकमध्ये आलम भारतीय ट्रकका चालक हुन् भने पटेल कन्टेनरका चालक हुन्। 

भारतीय ट्रकका सहचालक गोरखपुरका २२ वर्षीय सावन अहमद गम्भीर घाइते भएका छन्। उनको पनि सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  ०९:५२
Weather Update