बङ्गुर, बाख्रा र कुखुरापालनबाट आकर्षक आर्जन आइतबार, असार ३०, २०८१

जीर्ण कारागारमा क्षमताभन्दा तेब्बर बन्दी, सुरक्षा र व्यवस्थापनमा चुनौती आइतबार, असार ३०, २०८१ २५ जनाका निम्ति बनाइएको कारागारमा ७६ जनालाई राखिएको छ। चार दशकअघि बनेको कारागार भवन मर्मतसम्भार नहुँदा जीर्ण बन्दै गएको छ भने क्षमताभन्दा बढी बन्दी राख्नुपर्नेले सुरक्षा र व्यवस्थापन चुनौती थपिएको कारागार प्रमुख धारा भण्डारीले बताए।

सृष्टिसँगै त्रिशूलीमै बग्यो यादव परिवारको सपना आइतबार, असार ३०, २०८१ कलैया उपमहानगरपालिका–१४ निवासी २६ वर्षीया सृष्टि यादव शुक्रबार भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरामा परी त्रिशूलीमा खसेका बससँगै बेपत्ता छिन्।

सिमलताल बस दुर्घटना : खोजीकार्य प्रभावकारी बनाउन माग, बेपत्ताको खोजी गर्न ढिलाइ भएको गुनासो शनिबार, असार २९, २०८१ चितवनमा भएको बस दुर्घटनामा बेपत्ता भएकाहरूका परिवारजनले खोजीकार्य प्रभावकारी बनाउन माग गरेका छन्।
-1717908815.jpg)
कालीगण्डकी कोरिडोर तीन दिनदेखि अवरुद्ध शनिबार, असार २९, २०८१ 'बाटो बन्द भएको धेरै दिन भयो, २६ गते एकैछिन खुल्यो, त्यसपछि फेरि बन्द भयो, यतिका दिनसम्म खुलेको छैन, अझै कति दिन लाग्ने हो ? हामीहरू निकै मारमा पर्यौँ, दूध बजार नलैजाउँभन्दा बिग्रिन्छ, लैजाउँभन्दा बाटो बन्द छ,' उनले भने, 'अहिले केवलकार तारेर कुश्मा जान्छौँ, कुश्माबाट बल्ल बागलुङ बजारमा दूध ल्याउँछौँ।'

बस पहिरोमा परेपछि पर्सामा रहेका आफन्त चिन्तित शुक्रबार, असार २८, २०८१ भारतीय नागरिकमा सन्तोषकुमार ठाकुर, अन्सारी जि, सुरेन्द्र साह, सुनिल साह र शहनावाज रहेका छन्। अन्सारीका नाममा दुई वटा टिकट काटिएकाले अर्का यात्रुको पहिचान खुलेको छैन। आज बिहान नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले दुई वटा बस त्रिशूली नदीमा बेपत्ता भएका थिए। बिहान ३:३० बजे काठमाडौंबाट रौतहटको गौर आउँदै गरेको गणपति डिलक्स...

पाकिस्तानमा रहेका ४४ हजार अफगानी अझै पनि पुनः स्थापनाको पर्खाइमा बिहीबार, असार २७, २०८१ तालिबान सत्तामा फर्किएपछि पश्चिमी मुलुकमा स्थानान्तरणका लागि स्वीकृत भएका कम्तीमा ४४ हजार अफगानी अझै पनि पाकिस्तानमा अलपत्र अवस्थामा रहेको पाइएको छ। सन् २०२१ को अगष्टमा नेटो समर्थित सरकार ढलेपछि काबुलबाट एक लाख २० हजारभन्दा बढी मानिसलाई उद्धार गरिएको थियो।

प्राविधिक समस्याका कारण २ अन्तरिक्षयात्री अन्तरिक्षमै फसे बिहीबार, असार २७, २०८१ गत महिना नै पृथ्वीमा फर्कने गरी बोइङको स्टारलाइनर अन्तरिक्ष यानमा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन पुगेका नासाका अन्तरिक्ष यात्री सुनीता ‘सुनी’ विलियम्स र ब्यारी ‘बुच’ विल्मोर केही हप्ता अगस्टसम्म अन्तरिक्षमा बस्नुपर्ने सम्भावना रहेको छ।

बढीपहिरोका कारण देशभरका यी राजमार्ग अवरुद्ध बिहीबार, असार २७, २०८१ केही दिनदेखिको निरन्तरको वर्षाका कारण देशका विभिन्न भागमा बढीपहिरोले भौतिक संरचनामा क्षति भएको छ। त्यस्तै बाढीपहिरो लगायत प्राकृतिक विपत्तिले देशभरका राष्ट्रिय राजमार्गदेखि सडकमार्गसम्म अवरुद्ध हुँदा यातायातका साधन बाटोमा नै रोकिएका छन्।

यस वर्ष मधेसमा रासायनिक मलको अभाव नहुने बिहीबार, असार २७, २०८१ रासायनिक मल कृषि सामग्री कम्पनी लिमिटेडले ७० प्रतिशत र साल्ट ट्रेडिङले ३० प्रतिशत आयात गरेर अनुदानबापत कम मूल्यमा किसानलाई मल उपलब्ध गराउँदै आइरहेका छन्। पछिल्लो समय कृषि सामग्री र साल्ट ट्रेडिङ रासायनिक मल खादलाई खेतीयोग्य जमिनको क्षेत्रफल, विगत आवको मलको खपतको अभिलेख र बाली सघनताको आधारमा स्थानीय तहअनुसारको कोटाअनुसार रासायनिक...

कागबेनीमा बाढी नियन्त्रण गर्न पक्की पर्खाल निर्माण बिहीबार, असार २७, २०८१ बाढीले तहसनहस बनाएको मुुस्ताङको वारागुुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीका नदी नियन्त्रणका लागि पक्की पर्खाल निर्माण भएको छ।गत साउन २८ गते कागखोलामा आएको बाढीले कागबेनीमा सडक, मोटरवेल पुल, झोलुङ्गे पुल, गुम्बा, मन्दिर धर्मशाला, सामुदायिक भवन, प्रहरीचौकीको भवन, तटबन्धनलगायत १४ सार्वजनिक भौतिक संरचना र व्यक्तिका ५० घरमा क्षति पुगेको थियो।

३१ दिनमा बाढीपहिरोमा परी ८३ जनाको मृत्यु, १०६ घाइते बुधबार, असार २६, २०८१ अविरल वर्षाका कारण आएको बाढीपहिरो लगायतका विपद्का घटनामा परेर देशभर हालसम्म ८३ जनाको मृत्यु भएको छ। प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार गत जेठ २८ गतेदेखि बुधबार बिहानसम्म देशका विभिन्न स्थानमा आएको बाढीपहिरोमा परेर ३३ पुरुष, २५ महिला र २५ बालबालिकाको मृत्यु भएको छ।

पहिरो खसेपछि ४ दिनदेखि अवरुद्ध बुद्धसिंह मार्गमा गाडी चल्न थाले बुधबार, असार २६, २०८१ पृथ्वीराजमार्गको वैकल्पिक सडकका रूपमा विकास गर्न लागिएको बुद्धसिंह मार्गको पहिरो हटाएपछि गाडी चल्न थालेका छन्। तनहुँको सदरमुकाम दमौलीबाट चितवनको घुमाउने निस्किने उक्त मार्गको विभिन्न ठाउँमा गएको पहिरो हटाउन सोमबार साँझदेखि काम सुरु गरिएको थियो।