बाढीपीडितको त्रिपालमा बास मंगलबार, असार २५, २०८१

पहिरोले डुम्रे–बेँसीसहर सडक अवरूद्ध मंगलबार, असार २५, २०८१ सो सडकअन्तर्गत बेँसीसहर नगरपालिका—१ दलालमा मङ्गलबार बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

बाँदर नियन्त्रण गर्न बागलुङमा ‘मङ्की पार्क’ मंगलबार, असार २५, २०८१ बाँदरले करेसाबारीमा लगाएका तरकारीदेखि बार्दलीमा झुण्डयाएर राखिएका सामान नष्ट गरिदिएपछि जैमिनीवासी आजित बनेका छन्।जैमिनी नगरपालिका–४ की मायादेवी पौडेलले बाँदरले बालीनाली सबै सखाप पार्दा धेरै नोक्सानी ब्यहोर्नुपरेको गुनासो पोखिन्। उनले भनिन्, 'यतिबेला बारीमा लगाइएको मकैले घोगा हाल्न थालेको छ।

जाजरकोटको च्याउपानीमा पहिरोको जोखिम, ११ परिवारलाई सुरक्षित स्थानमा सारियो मंगलबार, असार २५, २०८१ सो गाउँका ११ परिवारलाई पहिरोबाट जोगाउन सुरक्षित ठाउँमा सारिएको हो। जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी सहायक निरीक्षक वीरबहादुर थापाले पहिरोको उच्च जोखिममा रहेका भेरी नगरपालिका—१ च्याउपानीका ११ घरपरिवारलाई अन्यत्र सारेको जानकारी दिए।

पहिरोले अरनिको राजमार्ग अवरुद्ध मंगलबार, असार २५, २०८१ वर्षाका कारण पहिरो जाँदा अरनिको राजमार्गअन्तर्गत काभ्रेको पाँचखालस्थित ५० किलो भन्ने स्थानमा गएरातिदेखि सडक अवरुद्ध भएको छ।

संसदीय उपसमितिद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन सोमबार, असार २४, २०८१ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन तथा अनुगमनका लागि गठित संसदीय उपसमितिले आज विमानस्थल र रिठ्ठेपानी डाँडाको अध्ययन तथा अनुगमन गरेको छ।

कृषि मन्त्रालयको मुलद्वारमा लुँडो खेल्दै धर्ना दिँदै कर्मचारी सोमबार, असार २४, २०८१ असार बित्न एक साता बाँकी छ, किसान होस् वा कर्मचारी, कामको चटारो छ सबैलाई। तर, मुलुकको संघीय राजधानी सिंहदरबारस्थित कृषि तथा पशुपक्षी मन्त्रालयको मुलद्वारमा भने केही राष्ट्रसेवक दैनिक दुई घन्टा लुडो खेल्दै धर्ना दिइरहेका छन्। उनीहरू एकै श्वरमा भन्छन्, ‘विसं २०७५ मा कर्मचारी समायोजन गरिँदा केन्द्रमा क्षमताभन्दा बढी कर्मचारी राखियो,...

किसानलाई हल गोरु वितरण सोमबार, असार २४, २०८१ पशुपन्छी तथा कृषि विकासका लागि ५६ लाख २० हजार रुपैयाँ बराबरको कार्यक्रम सञ्चालन गरिने प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले बताए। किसानको मागको आधारमा आगामी आर्थिक वर्षमा नौ हल गोरु वितरण गरिने प्रमुख प्रशासकीय अधिकृत निरौलाले जानकारी दिए। किसानलाई गोरु वितरणको लागि तीन लाख ६० हजार रुपैयाँ बजेटसमेत विनियोजन गरिएको उनको...

बेनीका ७ विद्यालयको कक्षा घटुवा सोमबार, असार २४, २०८१ तीव्र बसाइँसराइ, निजी विद्यालयतर्फको आकर्षण, अभिभावकको विश्वास जगाउन नसक्नु, अङ्ग्रेजी माध्यमबाट पठनपाठन गर्नु नसक्नुले सामुदायिक विद्यालय सङ्कटमा पर्न थालेका छन् भने विषयगत शिक्षक नपाउनु अर्को समस्या भएको छ ।

८० खानी खोजी गर्न अनुमति, ८ वटामा उत्खनन सोमबार, असार २४, २०८१ खानी तथा भूगर्भ विभागले देशका विभिन्न स्थानमा रहेका ८० वटा खानी खोजी लागि अनुमति दिएको छ। चालु आर्थिक वर्षको साउनदेखि जेठ मसान्तसम्म विभिन्न कम्पनीलाई खानी खोजतलासका लागि प्रमाणपत्र प्रदान गरेको विभागका सूचना अधिकारी नारायण बाँस्कोटाले जानकारी दिए।

मेलम्चीको बाढीले बेलिब्रिज जोखिममा आइतबार, असार २३, २०८१ लगातारको वर्षापछि मेलम्ची खोलामा आएको बाढीका कारण सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित चनौटेबजारमा रहेको बेलिब्रिज बगाउने खतरा रहेको छ।

हनुमन्तेको बाढीले भक्तपुरमा डुबान, ६ सय ५० घर जोखिममा शनिबार, असार २२, २०८१ भारी वर्षाका कारण खोलाको तटीय क्षेत्रमा बाढी बस्तीमा पसेपछि भक्तपुरको हनुमान घाँट, सूर्यविनायकका राममन्दिर, शान्ति निकेतन माध्यमिक विद्यालय, बाराहीस्थानलगायत क्षेत्र डुबानमा परेको छ। राममन्दिर, बाराही स्थानका मन्दिर, विद्यालय र नदी किनारका बस्तीमा पानी पसेको छ।

धनुषाको गोविन्दपुरमा लिच्छविकालीन अवशेष फेला शुक्रबार, असार २१, २०८१ प्राचीन मन्दिर भनिएको स्थानको अवशेष उत्खनन गर्दा आठौँ शताब्दीका लिच्छविकालीन अवशेष फेला परेका पुरातत्वविद् प्रकाश दर्नालले जानकारी दिए। ‘अहिलेसम्म दुईवटा पत्थर जोड्ने आइरन डाबर, फलामको गोलो रिङ, मन्दिरमाथिको सतह, भारतीय र नेपाली सिक्काका साथै पत्थरमा लिच्छविशैलीको ‘माना’ अर्थ आउने अक्षर भेटिएको छ’, उनले भने, ‘सोही अक्षरको आधारमा मन्दिरको प्राचीनता पत्ता...