बीमा रकमको लोभमा आफ्नै पसलमा लुटपाट, सञ्चालकसहित ५ जना पक्राउ बुधबार, असार १९, २०८१
हेटौँडा उपमहानगरको न्यायिक समितिबाट ११५ मुद्दाको मिलापत्र मंगलबार, असार १८, २०८१ मकवानपुरको हेटौँडा उपमहानगरपालिकाको न्यायिक समितिले चालु आर्थिक वर्ष २०८०–८१ को जेठ मसान्तसम्ममा एक सय १५ विभिन्न विवादका मुद्दाको मिलापत्र गराएको छ।
मुग्लिन–मलेखु सडक विस्तार सुस्त गतिमा मंगलबार, असार १८, २०८१ मुग्लिन–मलेखु सडकखण्ड विस्तार र स्तरोन्नतिका काम सुस्त गतिमा भइरहेको छ। पृथ्वी राजमार्गअन्तर्गतको ३९ किलोमिटर यो खण्डमा सन् २०२२ डिसेम्बरदेखि काम सुरु गरिएकामा एक वर्ष ६ महिनाको अवधिमा १३ प्रतिशत मात्र काम भएको छ। सम्झौता अनुसार यस अवधिमा ३३ प्रतिशत कार्यसम्पन्न हुनुपर्ने थियो।
बन्दीपुरका हरेक गाउँ : पर्यटकीय ठाउँ मंगलबार, असार १८, २०८१ पौराणिक सहरका रूपमा रहेको तनहुँको बन्दीपुर गाउँपालिकालाई संरक्षित क्षेत्र घोषणा गरिएको छ। बन्दीपुरमा आउने पर्यटकको लागत राख्न र होमस्टे होटलहरूको एकीकृत जानकारी गराउन पर्यटन सूचना केन्द्रको स्थापना गरिने, होमस्टेको संरक्षण संवर्द्धन र प्रवर्द्धन गरी होमस्टे सर्किटको विकास गरिने, सिद्वगुफा, पातलदारी गुफा हुस्लाङकोट दरबार, मुकुन्देश्वरी पदमार्ग, चन्द्रकोटगढी, थानीमाई, भुकभुके पर्यटकीय क्षेत्रलगायतका...
चन्दा सङ्कलन गरेर खेलमैदान निर्माण मंगलबार, असार १८, २०८१ स्थानीयवासी, प्रवासीहरू र गाउँपालिकाको सहयोग जुटाएर स्टार स्पोर्टस् क्लबले खेलमैदान निर्माण गरेको हो। ४३ लाख ७७ हजार एक सय ५७ को लगानीमा निर्माण भएको खेलमैदानका लागि ३५ लाखभन्दा बढी प्रवासी र स्थानीयवासीले चन्दा सहयोग गरेका क्लबका अध्यक्ष केशव पाइजाले बताए।
भ्रातृ संगठनको महाधिवेशन गराउन कांग्रेसले बनायो निर्देशक समिति मंगलबार, असार १८, २०८१ नेपाली कांग्रेसले महाधिवेशन सम्पन्न नगरेका पार्टीका भ्रातृ सङ्गठनहरूको महाधिवेशन सम्पन्न गराउन फरक भ्रातृ सङ्घका लागि अधिकारसम्पन्न फरकफरक निर्देशक समिति गठन गरेको छ।
व्यक्तिगत जग्गामा बिना सूचना डोजर चलाएपछि स्थानीय आक्रोशित सोमबार, असार १७, २०८१ पाल्पा जिल्लास्थित तानसेन नगपालिका–१४ का वडाअध्यक्ष शोभाकर भट्टराईले दलित समुदायका घरहरुलाई जोखिममा पारेर सम्बद्ध व्यक्तिलाई जानकारी नै नदिई जबर्जस्ती डोजर चलाएपछि स्थानीय आन्दोलित भएका छन्।
बर्खासँगै बढ्न थाले सर्पदंशका बिरामी सोमबार, असार १७, २०८१ घरको सोफामुनिबाट निस्किएको गोमन सर्पले डस्दा कचनकबल गाउँपालिका–३ निवासी १२ वर्षीया मनिषा राजवंशीको पाँच दिन अघि मृत्यु भयो। उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा उनको मृत्यु भएको थियो। सर्पको विष छिटो फैलिने भएकाले उपचारमा लैजान ढिला भएमा कचनकबलकी मनिषाले जस्तै धेरैले बर्सेनि ज्यान गुमाउने गरेका छन्। सबै सर्प विषालु हुँदैनन्।...
फिक्कल–नयाँबजार सडक कालोपत्र सोमबार, असार १७, २०८१ इलामको फिक्कल–जोगमाई–नयाँबजार–दुधाङ सडकअन्तर्गत फिक्कल–नयाँबजार सडक खण्डको कालोपत्र भएको छ। सडकको जिरो प्वाइन्ट सूर्योदय नगरपालिका–९ फिक्कलस्थित बरबोटेदेखि गन्तव्य स्थान माइजोगमाई गाउँपालिका–१ नयाँबजारसम्म २० किलोमिटर दुई सय मिटर सडक कालोपत्रे पूरा भएको हो।
अपाङ्गता भएका छ सय बढीलाई परिचयपत्र आइतबार, असार १६, २०८१ पूर्णअशक्त अपाङ्गता भएका र अतिअशक्त अपाङ्गता भएका व्यक्तिलाई भने घरमै पुगेर परिचयपत्र वितरण गर्दै आएको उनले बताइन्। रातो र निलो रङका परिचयपत्रबाहक अपाङ्गताभएका व्यक्तिलाई सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत भत्ताको रकम उपलब्ध गराइँदै आएको छ। पहेँलो र सेतो रङका परिचयपत्रवाहक अपाङ्गतालाई नगरपालिकाले विभिन्न सीपमूलक तालिम र आयआर्जनका कार्यक्रममा समेट्दै आएको छ।
भूकम्पमा भत्केका सम्पदा पुनःनिर्माण गर्दै ललितपुर महानगर आइतबार, असार १६, २०८१ भूकम्पबाट भत्केका मठमन्दिर, ढुङ्गेधारा र पाटीपौवा पुनःनिर्माणमा ललितपुर महानगर सक्रिय रूपमा लागेको छ।भूकम्पमा क्षति भएका पुनःनिर्माण गर्न बाँकी सम्पदाको मर्मतसम्भार र पुनःस्थापनालगायत काम प्रारम्भ भएको ललितपुर महानगरपालिका वडा नं ४ का अध्यक्ष सन्तोष खड्काले बताए।
हाँडेभिर–बगरफाँट–भकिम्ली कृषि सडकको स्तरोन्नति सुरु आइतबार, असार १६, २०८१ ट्रयाक खुलेको १८ वर्षपछि म्याग्दीको सदरमुकाम बेनी हुँदै हाँडेभिर–बगरफाँट–भकिम्ली जोड्ने सात किलोमिटर कृषि सडकको स्तरोन्नति सुरु भएको छ। २०६३ सालमा ट्रयाक खुलेको सात किलोमिटर लामो उक्त सडकको बगरफाँट–दूधेखोला खण्डको तीन किलोमिटर सडक ग्राभेल र दूधेखोलाबाट भकिम्लीतर्फको तीन सय ९० मिटर सडक ढलान गर्न थालिएको हो।
वन्यजन्तुको आहारका लागि सामुदायिक वनमा फलफूलका १० हजार बिरुवा रोपियो आइतबार, असार १६, २०८१ सामुदायिक वनको सात सय ४९ हेक्टर क्षेत्रफलमध्ये प्राकृतिक पोखरीसमेत रहेको दमार र गैडे आहाल क्षेत्रको ११ हेक्टरमा बिरुवा रोपिएका वन समितिका अध्यक्ष मोहन श्रेष्ठले बताए। ‘एक उपभोक्ता एक बिरुवा’ अभियानअन्तर्गत दुई दिनमा सयौँ उपभोक्ताले आँप, केरा, बाँस, उखु, भुइँकटहर, बडहरलगायत फलका बिरुवा रोपिएको उनले जानकारी दिए।