News Griha :: न्यूजगृह
वन्यजन्तुको आहारका लागि सामुदायिक वनमा फलफूलका १० हजार बिरुवा रोपियो
वन्यजन्तुको आहारका लागि सामुदायिक वनमा फलफूलका १० हजार बिरुवा रोपियो सामुदायिक वनको सात सय ४९ हेक्टर क्षेत्रफलमध्ये प्राकृतिक पोखरीसमेत रहेको दमार र गैडे आहाल क्षेत्रको ११ हेक्टरमा बिरुवा रोपिएका वन समितिका अध्यक्ष मोहन श्रेष्ठले बताए। ‘एक उपभोक्ता एक बिरुवा’ अभियानअन्तर्गत दुई दिनमा सयौँ उपभोक्ताले आँप, केरा, बाँस, उखु, भुइँकटहर, बडहरलगायत फलका बिरुवा रोपिएको उनले जानकारी दिए।
काभ्रेको खानीखोला गाउँपालिकाका ज्येष्ठ नागरिकलाई छाता र लौरो उपहार
काभ्रेको खानीखोला गाउँपालिकाका ज्येष्ठ नागरिकलाई छाता र लौरो उपहार नीखोला गाउँपालिका वडा नम्बर ५ ले ज्येष्ठ नागरिकलाई छाता र लौरो उपहार दिएको छ।७८ वर्षीय बलबहादुर श्रेष्ठेले छाता र लौरो उपहार पाएपछि खुशी हुँदै घर फर्किए। 
राष्ट्रियसभा अध्यक्षको आग्रह–  ‘संसद्लाई सत्ताको जोडघटाउ गर्ने स्थल नबनाऔँ’
राष्ट्रियसभा अध्यक्षको आग्रह–  ‘संसद्लाई सत्ताको जोडघटाउ गर्ने स्थल नबनाऔँ’ संसद्लाई सत्ताको जोडघटाउभन्दा माथि राखेर जनताका आवाज बुलन्द गर्ने र समृद्ध नेपाल निर्माणका लागि आवश्यक कानुन निर्माण गर्ने थलोका रूपमा विकास गर्नुपर्नेमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले जोड दिएका छन्। संसद् दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष दाहालले जनताका प्रतिनिधिहरूको सर्वोच्च थलो संसद्मा विविध विचार, दर्शन र राजनीतिक दलहरूको प्रतिनिधित्व...
कमीकमजोरी सुधार्दै संसद्लाई देश र जनतामा केद्रित गर्नुपर्नेमा सभामुखको जोड
कमीकमजोरी सुधार्दै संसद्लाई देश र जनतामा केद्रित गर्नुपर्नेमा सभामुखको जोड सभामुख देवाराज घिमिरेले संसदीय प्रक्रियामा भएका कमीकमजोरीलाई सुधार गर्दै संसद्लाई मुलुक र जनतामा केन्द्रित गर्नु आजको आवश्यकता भएको बताएका छन्। संसद् दिवसका अवसरमा आइतबार एक शुभकामना सन्देश जारी गर्दै उनले कानुन निर्माण प्रक्रियामा सुधार तथा जनप्रतिनिधिको क्रियाशीलताले संसद् र संसदीय प्रक्रियामा देखिएका कमजोरीलाई सुधार गर्न सकिने बताएका हुन्। संसद् अविच्छिन्न...
मधेसमा उमेर नपुगी विवाह गर्ने ५० प्रतिशत भन्दा बढी
मधेसमा उमेर नपुगी विवाह गर्ने ५० प्रतिशत भन्दा बढी राष्ट्रिय जनगणनामा उल्लेख गरिएको विवरण अनुसार १५ देखि १७ वर्षभित्र विवाह गर्ने २७.७ प्रतिशत छन्। यसैगरी १० देखि १४ वर्षको उमेरभित्र विवाह गर्ने ९.३ प्रतिशत र १० वर्ष उमेर मुनि विवाह गराइने ०.२ प्रतिशतसहित यो सङ्ख्या ३७.२ प्रतिशत हुन्छ ।
खेतीयोग्य जमिन नासिँदै
खेतीयोग्य जमिन नासिँदै असार दोस्रो सातासम्ममा गण्डकी प्रदेशमा करिब १५ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ। प्रदेशको कृषि विकास निर्देशनालयका अनुसार यस वर्ष ९८ हजार हेक्टर क्षेत्रफलमा धानखेती हुने अनुमान छ।केही दिनयता मनसुन सक्रिय भएकाले किसान रोपाइँको चटारोमा रहेको निर्देशनालयका प्रमुख वासुदेव रेग्मीले बताए। गत आइतबारसम्ममा आठ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएकामा एक हप्तामै...
१२ दिनपछि रिहा भए सूचना माग्दा पक्राउ परेका ६ अभियानकर्मी
१२ दिनपछि रिहा भए सूचना माग्दा पक्राउ परेका ६ अभियानकर्मी गोकर्णेश्वर नगरपालिका र त्यसअन्तर्गतका विभिन्न निकायमा सार्वजनिक महत्वको सूचना माग गरेकै कारण पक्राउ गरी १२ दिनदेखि प्रहरी हिरासतमा राखिएका सूचनाका हकका छजना अभियानकर्मी आज रिहा भएका छन्।
एकीकृत समाजवादीमा सर्वसम्मत नेतृत्व चयनको प्रयास 
एकीकृत समाजवादीमा सर्वसम्मत नेतृत्व चयनको प्रयास  नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को आसन्न १०औँ राष्ट्रिय महाधिवेशनमा सर्वसम्मत अध्यक्ष चयन गर्न शीर्ष नेताहरूबीच छलफल प्रारम्भ भएको छ। नेतृत्वपङ्क्ति सर्वसम्मत रूपमा अध्यक्ष चयन गर्ने प्रयासमा छ।राजनीतिक प्रतिवेदन, पार्टीको समाजवादी कार्यक्रम, विधान संशोधन र साङ्गठनिक प्रतिवेदनलाई एउटै साझा दस्तावेज बनाएर महाधिवेशनमा लैजाने समझदारी भएपछि पार्टी केन्द्रीय नेतृत्वमा पनि निर्विरोध...
ट्याक्टर दुर्घटनामा बालकको मृत्यु, दुईजना घाइते
ट्याक्टर दुर्घटनामा बालकको मृत्यु, दुईजना घाइते दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि गुल्मी अस्पताल ल्याउने बित्तिकै अस्पतालले मृत घोषणा गरेको थियो। दुर्घटनामा ट्याक्टर चालक गुल्मीको धुर्कोट गाउँपालिक–५ बस्तुका २६ वर्षीय दीपक गोतामे र सहचालक बागलुङ बडिगाड गाउँपालिकाका १९ वर्षीय राजकुमार विक घाइते छन्।
बसमा सवार यात्रुको मृत्यु, चालक र सहचालक पक्राउ
बसमा सवार यात्रुको मृत्यु, चालक र सहचालक पक्राउ मृत्यु हुनेमा बैतडीको दशरथचन्द नगरपालिका–९ तिचौराका ४२ वर्षीय कृष्णानन्द जोशी रहेको प्रहरीले जनाएको छ। भारतबाट घर फर्कँदै गरेका जोशी महेन्द्रनगरबाट बैतडीका लागि छुटेको महाकाली यातायातको ना ४ ख ६३८४ नम्बरको बसमा अत्तरियामा चढेका थिए। 
कास्कीका पहिरो पीडितलाई दुई लाख राहत
कास्कीका पहिरो पीडितलाई दुई लाख राहत पहिरो पीडित आयुष्माको परिवारलाई बिहीबार जिल्ला विपद् व्यवस्थापन कोषबाट दुई लाख हस्तान्तरण गरिएको हो।प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे नेतृत्वको टोलीले घटनास्थलमै पुगी राहत प्रदान गरेको हो।
सहज बन्दै बेनीका सडक
सहज बन्दै बेनीका सडक बेनी नगरपालिका–९ जम्रेनीका डण्डपानी सुवेदीले कच्ची सडकको सकसपूर्ण यात्रा अझै भुलेका छैनन्। ‘घर अगाडिको बेनी–पाखापानी सडक हुँदै बेनी आउन, काम गर्न र फर्कन करिब दुई घण्टा पैदलयात्रा गर्नु पर्दथ्यो। हिजोआज जम्रेनीबाट १० मिनेटमै बेनी पुगिन्छ,’ उनले भने ‘विसं २०५८ तिर खनेको सडकमा २०६५ देखि गाडी चल्न थालेका थिए। गाडी चढेर...
Weather Update