News Griha :: न्यूजगृह
टोखा नगरपालिकाले मृतकका परिवारलाई किरिया खर्च दिने
टोखा नगरपालिकाले मृतकका परिवारलाई किरिया खर्च दिने काठमाडौंको टोखा नगरपालिकाले नगरक्षेत्रमा स्थायी बसोबास भएका व्यक्तिको मृत्यु भएमा किरिया खर्च दिने भएको छ। नगर क्षेत्रमा बसोबास गरेका कुनै पनि नागरिकको मृत्यु भएमा मृतकका परिवारलाई किरिया खर्चबापत पाँच हजार रुपैयाँ उपलब्ध गराउने निर्णय नगरपालिकाले गरेको हो। 
मदन भण्डारी राजमार्ग: झापा–सुनसरी खण्डमा २२ पुल निर्माण
मदन भण्डारी राजमार्ग: झापा–सुनसरी खण्डमा २२ पुल निर्माण मदन भण्डारी राजमार्गअन्तर्गत झापा –सुनसरी खण्डमा निर्माणधीन पुलको वित्तीय प्रगति ८५ प्रतिशत र भौतिक प्रगति ९० प्रतिशत भएको छ।
दिक्तेल–साप्सुखोला सडकमा श्रमदान
दिक्तेल–साप्सुखोला सडकमा श्रमदान दिक्तेल–साप्सुखोला सडकमा यातायातका साधन सञ्चालनमा समस्या भएपछि साकेला गाउँपालिकाका बासिन्दाले श्रमदान गरेका छन्।
लमजुङमा पहिरोले तीन घर पुरिँदा चारजना बेपत्ता
लमजुङमा पहिरोले तीन घर पुरिँदा चारजना बेपत्ता पहिरोमा परी एकजना घाइते छन्। लगातारको वर्षासँगै घर माथिबाट आएको पहिरोले स्थानीय चित्र घले, रुद्रमान गुरुङ र पञ्चकुमारी गुरुङको घर पुरिएको हो। पहिरोमा परी रुद्रमान गुरुङ, पञ्चकुमारी गुरुङ र उनकी पाँच वर्षीया छोरी नम्रता तथा सात वर्षीया इच्छा गुरुङ बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक थानेश्वर चपाइँले जानकारी दिए। 
कास्कीमा पहिरोमा पुरिएर दुई बालबालिकाको मृत्यु, एक घाइते
कास्कीमा पहिरोमा पुरिएर दुई बालबालिकाको मृत्यु, एक घाइते अविरल वर्षापछि पहिरोमा परेर कास्कीमा दुई छुट्टाछुट्टै घटनामा एक बालक र एक बालिकाको मृत्यु भएको छ। उक्त घटनामा एकजना घाइते भएका छन्।कास्कीको मादी गाउँपालिका–५ चितेपानी घुम्तीमा गएराति पहिरोमा पुरिएर १३ वर्षीया आयुष्मा रानाभाटको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए।
तीन महिनाभित्रै पेट्रोल पाइपलाइबाट, वार्षिक एक अर्ब ढुवानी भाडा जोगिने
तीन महिनाभित्रै पेट्रोल पाइपलाइबाट, वार्षिक एक अर्ब ढुवानी भाडा जोगिने नेपाल आयल निगमले आगामी भदौ मसान्तभित्रै पेट्रोल, मट्टितेललगायत पेट्रोलियम पदार्थ पनि पाइप लाइनबाट ल्याउने गरी पूर्वाधार निर्माणलाई तीव्रता दिएको छ । निगमले मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन परियोजनाअन्तर्गत दोस्रो चरणको ७५ प्रतिशत काम सकिएसँगै बाँकी रहेको काम पनि आगामी तीन महिनाभित्र सम्पन्न गरेर पेट्रोल–मट्टितेल पनि पाइप लाइनबाटै ल्याउने तयारीमा जुटेको छ...
पहिरोले डुम्रे–बेँसीसहर सडक पुनः अवरुद्ध
पहिरोले डुम्रे–बेँसीसहर सडक पुनः अवरुद्ध गएरातिदेखि परेको निरन्तरको वर्षाले पहिरो खस्दा पुनः डुम्रे–बेँसीसहर सडक अवरुद्ध भएको छ। यस सडकअन्तर्गत बेँसीसहर नगरपालिका–१ दलालमा आइतबार बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
जब सभामुख घिमिरेसँग विद्यार्थीले संसदीय मर्यादाको कुरा गरे... 
जब सभामुख घिमिरेसँग विद्यार्थीले संसदीय मर्यादाको कुरा गरे...  ‘सम्माननीय सभामुखज्यू, संसद्मा माइक तोडफोड लगायत असंसदीय गतिविधि गर्ने, संसद् बैठकमा पूरा समय नबस्ने सांसदलाई कारबाही हुँदैन, शिक्षा विधेयक संसद्बाट कहिले पारित हुन्छ ?,’ आज यस्तै प्रश्नबाट घेरिए सभामुख देवराज घिमिरे।
महाकाली नदीमा डुबेर एक बालिकाको मृत्यु, अर्की बेपत्ता
महाकाली नदीमा डुबेर एक बालिकाको मृत्यु, अर्की बेपत्ता मृत्यु हुनेमा शिवनाथ गाउँपालिका–१ स्वालाकी १५ वर्षीया रजनी चाँड रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेले जानकारी दिए।
गाडीले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु
गाडीले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु भक्तपुर नगरपालिका–१ घलातेमा शनिबार सल्लाघारीबाट सूर्यविनायकतर्फ आउँदै गरेको बा१३च २२६५ नंको सुमोले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु भएको छ।
गोरखा पुगेर बाबुरामले भने— ‘बूढीगण्डकी आयोजनालाई बहुउद्देश्यीय आयोजनाकै रुपमा अगाडि बढाउनु पर्छ’
गोरखा पुगेर बाबुरामले भने— ‘बूढीगण्डकी आयोजनालाई बहुउद्देश्यीय आयोजनाकै रुपमा अगाडि बढाउनु पर्छ’ नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले बूढीगण्डकी जलविद्युत् आयोजनालाई बहुउद्देश्यीय आयोजनाकै रुपमा अगाडि बढाउनुपर्ने बताएका छन्। शनिबार गोरखामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले आयोजनाको विद्यमान अवस्था जारी रहेमा आयोजनाको काम अलपत्र पर्नसक्ने खतरा रहेको छ बताए।
जङ्गली च्याउ खाँदा तनहुँमा एक जनाको मृत्यु, ४ जना बिरामी
जङ्गली च्याउ खाँदा तनहुँमा एक जनाको मृत्यु, ४ जना बिरामी आँबुखैरेनी गाउँपालिका–६ हिलेखर्कका ८५ वर्षीया द्रोणपति गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 
Weather Update