सूर्यविनायक–धुलिखेल सडक : डेढ वर्षमा २५ प्रतिशत प्रगति मंगलबार, असार ४, २०८१

शिक्षण पेसा छाडेर व्यावसायिक तरकारी खेतीमा रमाइरहेकी मायादेवी शनिबार, असार १, २०८१ भोजपुरको टेम्केमैयुङ गाउँपालिका–४ नागी घोरालुङ चारघरेकी उद्यमशील एकल महिला मायादेवी राई व्यावसायिक तरकारी खेतीमा लागेर उदाहरणीय बनेकी छन्।

नारायणगढ–मुग्लिन सडक: २५ ठाउँमा पहिरोको जोखिम बिहीबार, जेठ ३१, २०८१ नारायणगढ–मुग्लिन सडकको २५ ठाउँका पहिरोको जोखिम रहेको डिभिजन सडक कार्यालय चितवनले जनाएको छ। कार्यालयका प्रमुख रमेशप्रसाद पौडेलका अनुसार तीमध्ये ४ स्थानमा उच्च र ७ ठाउँ कम जोखिममा छन्।मौरी पुल, नाम्सी पुल, कालीखोला र तुइन पुल क्षेत्रमा पहिरोको उच्च जोखिम छ। सडकको नाम्सी, कालीखोला र तुइन खोलाको पहिरो नियन्त्रणका लागि...

नवलपरासीका किसानलाई चैतेधान भित्र्याउने चटारो बिहीबार, जेठ ३१, २०८१ नवलपरासी पूर्वका किसानलाई हाल चैतेधान भित्र्याउन भ्याइनभ्याइ छ। जिल्लामा यस वर्ष कूल एक हजार तीन सय २५ हेक्टर क्षेत्रफलमा चैतेधान खेती गरिएको कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कुलचन्द्र तिवारीले बताए। चार वर्षदेखि सिँचाइको सुविधा पर्याप्त भएको र सिमसार क्षेत्रमा चैतेधान लगाउने क्रम जिल्लामा बढेको उनले बताए। 'चैतेधान थन्काएपछि असारमा फेरि...

बुर्तिबाङ स्वास्थ्य केन्द्र ५० शय्याको अस्पतालमा स्तरोन्नति हुँदै बिहीबार, जेठ ३१, २०८१ जिल्लाको बुर्तिबाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई आगामी आर्थिक वर्षदेखि प्रदेश अस्पतालका रूपमा सञ्चालन गरिने भएको छ। ढोरपाटन नगरपालिकाको केन्द्रमा रहेको उक्त स्वास्थ्य केन्द्रलाई ५० शय्याको अस्पतालमा स्तरोन्नति गरिने गण्डकी प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख छ।

दुर्लभ चराको बासस्थान बन्यो रेसुङ्गा र मदाने बिहीबार, जेठ ३१, २०८१ नेपालमा पाइने ८९२ प्रजातिका चरामध्ये गुल्मीमा विभिन्न प्रजातिका ३५ प्रतिशत चरा फेला परेका छन्। पक्षी संरक्षण सङ्घ गुल्मीका परियोजना अधिकृत भरत पन्थीले गुल्मीको रेसुङ्गा र मदाने संरक्षित वन क्षेत्रमा ३५ प्रतिशत चरा फेला चरा रहेका जानकारी दिए।

स्विट्जरल्याण्डका समकक्षीसँग राष्ट्रपति पौडेलको भेटवार्ता बिहीबार, जेठ ३१, २०८१ राष्ट्रपति पौडेलले नेपालको आर्थिक सामाजिक विकासमा सन् १९५० को दशकदेखि स्विस सरकारले गरेको सहयोगले नेपालीको मन जितेको बताउँदै नेपाल सरकारले स्विस लगानीकर्ताहरूलाई नेपालमा स्वागत गर्न चाहेको र यसका लागि आवश्यक सहजीकरण गर्न प्रतिवद्ध रहेको विश्वास दिलाउन चाहेको बताएका थिए।

खोटाङको खोटेहाङमा विद्यालय भवन निर्माण बुधबार, जेठ ३०, २०८१ वाप्लुखास्थित मुखिताङमा सञ्चालित संस्था समाजकाली आधारभूत विद्यालयका लागि २१ लाख ४३ हजार चार सय २६ लगानीमा तीनकोठे भवन निर्माण भएको हो।

वर्षाले खाँदबारी–नुम सडकमा क्षति बुधबार, जेठ ३०, २०८१ यो खण्डमा कालोपत्रका लागि गरिएको ‘सवबेस’, ग्याविन पर्खाल र नाली बगाएको उत्तरदक्षिण कोशी सडक आयोजनाका प्रमुख सविन कोइरालाले बताए। कोशी राजमार्गअन्तर्गत खाँदबारी किमाथाङ्का खण्डको ठूलो ढुङ्गा–पाङ्मा अरुणथानमा सबैभन्दा बढी क्षति भएको छ।

म्याग्दीका ग्रामीण सडक धमाधम कालोपत्र हुँदै बुधबार, जेठ ३०, २०८१ जिल्लाका ग्रामीण सडक धमाधम कालोपत्र भइरहेका छन्।

चैनपुर सेती जलविद्युत् आयोजनाको काम अघि बढ्दै शनिबार, जेठ २६, २०८१ नेपाल विद्युत् प्राधिकरणद्वारा निर्माणाधीन चैनपुर सेती जलविद्युत् आयोजनाको काम तीव्रगतिमा अघि बढाइएको छ। तलकोट गाउँपालिकामा गत फागुन ४ गतेबाट सुरु गरिएको दुई सय १० मेगावाटको जलविद्युत् आयोजना निर्माणको अहिले अडिट सुरुङ निर्माण सुरु भएको छ।

जेठो हिमाल आरोहणको ७४ वर्ष पूरा सोमबार, जेठ २१, २०८१ नेपालको पर्वतारोहण पर्यटनको इतिहास जोडिएको म्याग्दीस्थित अन्नपूर्ण प्रथम हिमाल आरोहण भएको ७४ वर्ष पूरा भएको छ। म्याग्दी, कास्की, मनाङ र मुस्ताङ जिल्लाको सिमानामा रहेको आड हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गर्ने बाटो र आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको भूगोलमा पर्छ।
-1717326757.jpg)
इन्डोनेसियामा ज्वालामुखी विस्फोट आइतबार, जेठ २०, २०८१ पूर्वी इन्डोनेसियामा आइतबार ज्वालामुखी विस्फोट भएको छ। विस्फोटपछि सात किलोमिटर माथि आकाशमा खरानीले बादलजस्तै ढाकेको सामाजिक सञ्जाल र स्थानीय सञ्चारमाध्यमले देखाएका छन्। यो ज्वालामुखीबाट यस वर्षको सुरुदेखि अहिलेसम्म भएका करिब १०० वटा विस्फोटको पछिल्लो घटना हो।