News Griha :: न्यूजगृह
म्याग्दीका ग्रामीण सडक धमाधम कालोपत्र हुँदै

म्याग्दी— जिल्लाका ग्रामीण सडक धमाधम कालोपत्र भइरहेका छन्।

यसैक्रममा मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौर पनि कालोपत्र सडकले जोडिएको छ। बाबियाचौरमा सडक पुगेको २० वर्षपछि कालोपत्र भएको हो।

बेनी बजारदेखि १२.५ किलोमिटर मङ्गला गाउँपालिका– २ सिमसम्म कालोपत्र गरिएको छ।  सडक पूर्वाधार विकास कार्यालयले त्यसलाई विस्तार गरेर तोराखेत– बाबियाचौर– लाम्पाटा– पानाबगर हुँदै रणवाङको सीमानासम्म पुर्‍याएको छ।  

पूर्वाधार विकास कार्यालयका अनुसार सिमदेखि पानाबगर खण्डको तीन किलोमिटर आठ सय मिटर सडक कालोपत्र गर्न २०७८ सालमा १० करोड ७० लाख २१ हजारमा ठेक्का लागेको थियो। 

२४ किलोमिटर लामो बेनी–दरवाङ म्याग्दीको मङ्गला, मालिका र धवलागिरी गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने यो एकमात्र मार्ग हो।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, जेठ ३०, २०८१  ०७:२०
Weather Update