News Griha :: न्यूजगृह
खोटाङको खोटेहाङमा विद्यालय भवन निर्माण

खोटाङ— खोटेहाङ गाउँपालिका–२ वाप्लुखामा ब्रिटिस गोर्खा वेल्फेयर ट्रष्टको आर्थिक तथा प्राविधिक सहयोगमा विद्यालय भवन निर्माण भएको छ।

वाप्लुखास्थित मुखिताङमा सञ्चालित संस्था समाजकाली आधारभूत विद्यालयका लागि २१ लाख ४३ हजार चार सय २६ लगानीमा तीनकोठे भवन निर्माण भएको हो।

५७ वर्ष पहिले स्थापना भएको विद्यालयमा अहिले कक्षा ८ सम्म अध्यापन हुन्छ। कक्षाकोठा अभावमा पठनपाठनमा समस्या थियो। 

उक्त विद्यालयमा हाल १०६ जना विद्यार्थी अध्ययनरत छन्।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, जेठ ३०, २०८१  ०९:५०
Weather Update