News Griha :: न्यूजगृह
कालीगण्डकी लोकमार्गको निर्माणाधीन पुल बाढीले बगायो
कालीगण्डकी लोकमार्गको निर्माणाधीन पुल बाढीले बगायो पर्वतको फलेवास नगरपालिका–६ देविस्थान र फलेवास नगरपालिका–१० कुर्घा भएर बग्ने लमाए खोलामा निर्माणाधीन पुल गएरातिको बाढीले बगाएको हो । दुवैतर्फको संरचना निर्माण सकिएर स्ल्याब ढलानको तयारीमा रहेको पुलका सबै निर्माण सामग्री बगाएको पाल्पास्थित कालीगण्डकी करिडोर आयोजना कार्यालय जनाएको छ । उक्त पुलको स्ल्याब भोलि शुक्रबार ढलान गर्ने तयारी गरिएको थियो...
‘लेसर ग्रे स्राइक’ जातको नयाँ चरो भक्तपुरमा देखियो
‘लेसर ग्रे स्राइक’ जातको नयाँ चरो भक्तपुरमा देखियो युरोप, दक्षिण तथा पश्चिम एसियाको रैथाने पन्छी ‘लेसर ग्रे स्राइक’ पहिलोपटक भक्तपुरको मनोहरामा देखिएको छ । तापक्रम वृद्धिसँगै गर्मी भेगमा मात्रै हुने यो पन्छी असार लागेपछि भक्तपुरको मनोहरास्थित मिनी कोशी टप्पुमा भेटिएको चरा अन्वेषणकर्ता सञ्जय थाश्रेष्ठले जानकारी दिए।
सर्लाहीको रायमाझी चोकमा बस दुर्घटना, तीन जनाको मृत्यु
सर्लाहीको रायमाझी चोकमा बस दुर्घटना, तीन जनाको मृत्यु सर्लाहीको बागमती नगरपालिकास्थित रायमाझी चोकमा बिहीबार बिहान भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य १७ जना घाइते छन् । 
ट्रयाक खुलेको १८ वर्षपछि ग्रामीण सडक कालोपत्र गरिँदै
ट्रयाक खुलेको १८ वर्षपछि ग्रामीण सडक कालोपत्र गरिँदै चालु आर्थिक वर्षमा सङ्घीय सरकार र जैमिनी नगरपालिकाले विनियोजन गरेको ५० लाख गरी एक करोडमा सडक कालोपत्र गर्न थालिएको हो । कुश्मिसेरा बजारदेखि सर्कुवा, ब्यार्थला, बिनामारी, जैदीछिस्ती पुग्ने सडकको कालोपत्रसँगै स्तरोन्नतिको कामसमेत भइरहेको छ । 
पहिरोका कारण बेँसीसहर–चामे सडक अवरुद्ध
पहिरोका कारण बेँसीसहर–चामे सडक अवरुद्ध कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक थानेश्वर चपाइका अनुसार खरखरेभिरमा सडक माथिबाट एउटा ठूलो ढुङ्गासहित पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । सोही बाटोमा पर्ने अक्टोसप झरनामा पानी बढेपछि आवागमन रोकिएको छ ।  
आङ सान सुकीको जन्मदिन मनाउने २२ जना पक्राउ
आङ सान सुकीको जन्मदिन मनाउने २२ जना पक्राउ जेलमा रहेकी म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीको जन्म दिन मनाउने २२ जनालाई प्रहरीले पक्राउ गरेको छ। म्यानमारको दोस्रो सबैभन्दा ठूलो शहर मान्डलेमा प्रहरीले लामो समयसम्म सुकी जस्तै देखिने गरी आफ्नो कपालमा फूल लगाएर तस्बिर पोस्ट गर्ने २२ जनालाई पक्राउ गरेको इलेभेन मिडियाले अज्ञात अधिकारीलाई उद्धृत गर्दै बताएको छ। 
वैदेशिक रोजगारीबाट फर्किएर थालेको बाख्रापालन फार्म बीउको स्रोत केन्द्र बन्यो
वैदेशिक रोजगारीबाट फर्किएर थालेको बाख्रापालन फार्म बीउको स्रोत केन्द्र बन्यो बेनी नगरपालिका–३ भकिम्लीका धनबहादुर श्रीषले रहरमा सुरु गरेको बाख्रापालन व्यावसायिक बनेपछि अगुवा किसानको पहिचान बनाएका छन्। १३ वर्षअघि खाडी मुलुकको वैदेशिक रोजगारलाई छाडेर मारेर उनले स्थानीय जातका बाख्रापालन सुरु गरेका थिए। 
पर्साका चार सय सीमास्तम्भ मर्मत
पर्साका चार सय सीमास्तम्भ मर्मत पर्सास्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गणले सानाठूला गरेर  चार सय सीमास्तम्भ रङरोगन तथा मर्मतसम्भार गरेको छ । सशस्त्र प्रहरी बलले मुख्य, सहायक र साना गरी चार सय ८९ वटा सीमास्तम्भ मध्ये तीन सय ९९ वटा रङरोगन तथा मर्मतसम्भार गरेको हो । 
मेची भन्सारद्वारा १२ अर्ब ९३ करोड बढी राजस्व सङ्कलन 
मेची भन्सारद्वारा १२ अर्ब ९३ करोड बढी राजस्व सङ्कलन  मेची भन्सार कार्यालय काँकडभिट्टाले चालु आर्थिक वर्षको ११ महिनामा १२ अर्ब ९३ करोड १७ लाख ३७ हजार राजस्व सङ्कलन गरेको छ । भन्सार कार्यालयले चालु आब सकिन एक महिना बाँकी हुँदा लक्ष्यको ७७ दशमलव ५७ प्रतिशत राजस्व सङ्कलन गरेको हो ।
प्रतिनिधिसभा बैठक: बजेटबारे सांसदको चर्को असन्तुष्टि
प्रतिनिधिसभा बैठक: बजेटबारे सांसदको चर्को असन्तुष्टि सरकारले आगामी आर्थिक वर्ष २०८१–८२ का लागि ल्याएको बजेटमाथि संसद्मा चर्को विरोध भएको छ। प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले वार्षिक विकास कार्यक्रम च्यात्ने, फिर्ता गर्ने, मौनधारण गर्ने लगायत शैलीमा बजेटमाथि असन्तुष्टि जनाए।
बजेटमा विभेद भएको सांसदहरुको गुनासो
बजेटमा विभेद भएको सांसदहरुको गुनासो प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले आगामी आर्थिक वर्ष २०८१–८२ का लागि सरकारले ल्याएको बजेटमा विभेद भएको गुनासो गरेका छन्। शक्ति र पहुँचका आधारमा बजेट विनियोजन हुँदा कुनै जिल्ला तथा निर्वाचन क्षेत्रमा अत्यधिक तर कुनै जिल्लामा आवश्यक योजना तथा कार्यक्रमका लागि समेत बजेट नपरेको धारणा सांसदहरुबाट आएको हो।
घाँसखेतीबाट मनग्य आम्दानी 
घाँसखेतीबाट मनग्य आम्दानी  उनले २१ रोपनी आफ्नो र ८९ रोपनी छिमेकीको जग्गा भाडामा लिएर घाँसखेती गरेका छन्। उनले किम्बु, राइखन्यु, बडर, मरिङ्गा, रसियन कम्फे, नेपियर, रेड नेपियर, फोरजी बुलेज, जेइन्ड किङलगायत गरी ५० भन्दा बढी जातका घाँसका बिरुवा उत्पादन गरिरहेका छन्।
Weather Update