News Griha :: न्यूजगृह
सर्लाहीको रायमाझी चोकमा बस दुर्घटना, तीन जनाको मृत्यु

सर्लाही— सर्लाहीको बागमती नगरपालिकास्थित रायमाझी चोकमा बिहीबार बिहान भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य १७ जना घाइते छन् । 

पूर्वपश्चिम राजमार्गस्थित रायमाझी चोकमा रोकी राखेको लरीमा यात्रुबाहक बस ठोक्किँदा रूपन्देहीको मायादेवी गाउँपालिका निवासी हरिबहादुर चौधरी, ८५ वर्षका दशरथ कोहार र ५० वर्षका रामकरण केवटको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनालगत्तै उद्धार गरी उनीहरुलाई हरिवनस्थित नमूना अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिलराज गिरीले जानकारी दिए ।

रूपन्देहीबाट जनकपुरतर्फ गइरहेको बस दुर्घटना भएको हो। बसमा ४० जना सवार रहेका प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएकाहरूको जनकपुर, वीरगञ्ज तथा स्थानीय अस्पतालमा उपचार भइरहेको छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, असार ६, २०८१  ०९:२४
Weather Update