News Griha :: न्यूजगृह
पर्साका चार सय सीमास्तम्भ मर्मत
प्रतिनिधिमूलक तस्बिर।

पर्सा— पर्सास्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गणले सानाठूला गरेर  चार सय सीमास्तम्भ रङरोगन तथा मर्मतसम्भार गरेको छ । सशस्त्र प्रहरी बलले मुख्य, सहायक र साना गरी चार सय ८९ वटा सीमास्तम्भ मध्ये तीन सय ९९ वटा रङरोगन तथा मर्मतसम्भार गरेको हो । 

नम्बर १३ गणका गणपति राधेश्याम धिमालले नापी कार्यालयलगायत सम्बन्धित सरकारी निकायसँगको समन्वयमा सीमास्तम्भ रङरोगन तथा मर्मतसम्भारको काम जारी रहेको बताए ।

पर्सामा २१ वटा मुख्य सीमास्तम्भ रङरोगन तथा मर्मतसम्भार गर्नुपर्नेमा हालसम्म १९ वटाको काम भइसकेको उनले बताए । त्यस्तै, १३ वटा सहायक सीमास्तम्भको रङरोगन तथा मर्मतसम्भार गर्नुपर्नेमा हालसम्म १२ वटाको काम पूरा भएको छ ।

 यसैगरी चार सय ५५ वटा साना सीमास्तम्भको रङरोगन र मर्मतसम्भार गर्नुपर्नेमा हालसम्म तीन सय ६८ वटाको मर्मतसम्भार भइसकेको छ भने ८७ वटाको मात्रै रङरोगन र मर्मतसम्भार गर्न बाँकी छ । पर्सामा मुख्य, सहायक र साना गरी कुल ९० वटा सीमास्तम्भ मर्मतसम्भार गर्न बाँकी छ ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, असार ५, २०८१  ०९:२२
Weather Update