काभ्रेको खानीखोला गाउँपालिकाका ज्येष्ठ नागरिकलाई छाता र लौरो उपहार
काभ्रे— खानीखोला गाउँपालिका वडा नम्बर ५ ले ज्येष्ठ नागरिकलाई छाता र लौरो उपहार दिएको छ।
७८ वर्षीय बलबहादुर श्रेष्ठेले छाता र लौरो उपहार पाएपछि खुशी हुँदै घर फर्किए।
अर्का ज्येष्ठ नागरिक खडानन्द आचार्यले पहिलोपटक वडा कार्यालयले बोलाएर सम्मानसहित लौरो र छाता उपहार दिएपछि गाउँमै सरकार आएको अनुभूति भएको बताए।
सामाजिक सुरक्षा भत्ता पाउने नागरिकलाई हिँडडुल गर्न र पानीबाट जोगिन सहयोग होस् भन्ने उद्देश्यले छाता र लौरो उपहार दिइएको गाउँपालिकाले जनाएको छ।
वडा नं ५ बाट १०९ जनाले सामाजिक सुरक्षा भत्ता लिँदै आएका ज्येष्ठ नागरिकलाई सो उपहार प्रदान गरेको वडाध्यक्ष बुद्धिबहादुर स्याङ्तानले बताए।
प्रकाशित मिति: आइतबार, असार १६, २०८१ ०९:५०