अधुरै रह्यो भुपेन्द्राको ‘शी लिड्स आइकन’ बन्ने सपना शनिबार, भदौ २९, २०८१

घुमन्ते व्यापारमा रमाएका ‘काफ्ले बा’ शनिबार, भदौ २९, २०८१ हुम्लाको कनका सुन्दरी गाउँपालिका—८ सिञ्जाका काफ्ले झण्डै डेढ दशकदेखि रामपुर र यसका आसपासमा कपडाको व्यापार गरिरहेका छन्। हरेक दिन ढाका टोपी, इस्टकोटमा सजिएर पिठ्युमा राडीपाखी, गलैँचा बोकेर गाउँगाउँमा पुग्छन्। जुम्लामा उत्पादन भएका राडीपाखी, गलैँचा, स्विटर बोकेर गाउँका बस्तीमा व्यापार गर्नु उनको दिनचर्या हो।

तरकारीखेतीबाटै छोराछोरीलाई डाक्टर र इन्जिनियर पढाउँदै उर्मिला शनिबार, भदौ २९, २०८१ मेहनत र साहस गरियो भने हरेक कुरा सम्भव हुन्छ भन्ने प्रमाणित गरेकी छन् बेदकोट नगरपालिका–७ मन्दिरपुरका उर्मिला डगौराले। तीन दशकअघि एक कट्ठा जग्गामा तरकारीखेती सुरु गरेकी उनले तरकारीखेतीबाटै घर जग्गा जोड्नुका साथै छोरा रविन र छोरी रविनालाई उच्च शिक्षा पढाउन सफल भएकी छन्।

डेङ्गु सङ्क्रमितलाई पर्वत अस्पतालमा शय्या अभाव, दातृ निकायले दिएका एम्बुलेन्स पनि थन्किए शुक्रबार, भदौ २८, २०८१ पर्वत अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा हेमन्त बाँस्तोलाका अनुसार डेङ्गुबाट पर्वतमा एक महिलाको मृत्यु भइसकेको छ। अस्पताल सङ्क्रमितले भरिभराउ छ। ६० शय्याको अस्पतालमा बिरामी भरिभराउ भएपछि अतिरिक्त शय्या खडा गरेर उपचार गरिएको छ।

बाढीपहिरोमा परेर बागलुङमा ३ महिनामा १८ जनाको मृत्यु, २२ घाइते बिहीबार, भदौ २७, २०८१ जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार बडिगाड गाउँपालिकामा छ महिला र छ पुरुष गरि १२ जना, बागलुङ नगरपालिकामा तीन पुरुष र एक महिला गरि चार जना, गलकोट नगरपालिकामा एक महिला, एक पुरुष गरि दुई जनाको मृत्यु भएको छ।

‘खुर्सानीले पेट भरिन्न भन्ने अहिले मेरो नै सिको गर्दैछन्’ बिहीबार, भदौ २०, २०८१ बागलुङमा उत्पादित अकबरे खुर्सानी विदेश निर्यात हुन थालेको छ। काठेखोला गाउँपालिका–८ लेखानीका लालकुमारी पुनले एक क्विन्टलभन्दा बढी अकबरे खुर्सानी दुबई निर्यात गरेका छन्। ‘गत वैशाखदेखि हालसम्म एक क्विन्टलभन्दा बढी अकबरे खुर्सानी विदेश निर्यात भएको छ। अकबरे खुर्सानीको व्यवसायिक खेती गर्दा खुर्सानीले पेट भरिन्न भन्ने अहिले मेरो नै सिको गर्दैछन्,’ उनले...

ऊन बिक्री नहुँदा भेडापालक किसान चिन्तामा बुधबार, भदौ १९, २०८१ व्यावसायिक भेडापालनमा लागेका भोजपुरका किसान ऊन बिक्री नभएपछि चिन्तामा परेका छन्। किसानको राम्रो आम्दानीको स्रोतका रूपमा रहेको ऊन बिक्री नभएपछि उनीहरू चिन्तामा परेका हुन्।

अस्वस्थ जीवनशैलीका कारण बढ्दै नसर्ने रोग, वार्षिक चार करोडको मृत्यु बुधबार, भदौ १९, २०८१ विश्वव्यापिकरण, शहरीकरण, जनसङ्ख्या वृद्धि तथा जीवनशैलीमा आएको परिवर्तन तथा वातावरणीय प्रदुषणलगायत कारणले नसर्ने रोगको जोखिम बढेको छ। विज्ञका अनुसार अस्वस्थ जीवनशैलीका कारण क्यान्सर, मधुमेह, मुटुरोग र दमलगायत रोग बढ्दो क्रममा छ।

मनाङ र मुस्ताङमा लेक लागेर मृत्यु हुने पर्यटकको सङ्ख्या बढ्यो मंगलबार, भदौ १८, २०८१ पदयात्रा र तीर्थयात्राका लागि गत वर्ष हिमालपारि मुस्ताङ तथा मनाङ गएका २१ पर्यटक उतै अस्ताए। छ नेपालीसहित ११ भारतीय, मलेसियाका दुई, युक्रेनका एक र एक बेलायती नागरिकले यात्राका क्रममा लेक लागेर मृत्युवरण गरे। अधिकांश लेक लागेका घटना मुस्ताङको मुक्तिनाथ क्षेत्रमा भएका थिए।

बुढेसकालमा परिवारका तीन सदस्य गुमाउँदा विक्षिप्त छन् श्यामलाल मंगलबार, भदौ १८, २०८१ श्यामलाल पासीको घरमा देखिएको झाडापखाला, ज्वरो र टाउको दुख्ने समस्या त्यत्तिमै रोकिएन। यस्तै लक्षणले ६५ वर्षीया शान्तिको भदौ १४ मा मृत्यु भयो। यसको दुई दिनपछि भदौ १६ मा १२ महिनाकी नन्दनीको पनि मृत्यु भएपछि यतिबेला श्यामलाल विक्षिप्त छन्।

घोँगी बेचेरै गुजारा मंगलबार, भदौ १८, २०८१ भजनी नगरपालिका–८ की सोमती चौधरीलाई आजभोलि माछा मार्ने काममा भ्याइनभ्याइ छ। वर्षाको पानीले बनेका तलाउ, नदी तथा डुबान भएका क्षेत्रमा माछा मार्न प्रयोग हुने हेल्का, डेलिया (माछा मार्ने साधन) लगायत साधन बोकेर सोमती माछा तथा झिँगामाछाको खोजीमा जाने गर्छिन्।

‘ग्राफ्टिङ’ गरेर नयाँ जातका किबी उत्पादन गर्दै किसान मंगलबार, भदौ १८, २०८१ न्दकपुर गाउँपालिकाका किसानले ग्राफ्टिङ गरेर नयाँ जातका किबी उत्पादन गर्न थालेका छन्। एकपटक रोपिएको बोटलाई ग्राफ्टिङ गरेर किसानले विभिन्न नयाँ जातका किबी उत्पादन गर्न सुरु गरेका हुन्। सन्दकपुरका किसान रुद्र खतिवडाले रातो (रेड) सँगै सुनौलो (गोल्डेन) किबी फलाउन थालेको बताए।

पर्यटकको पर्खाइमा मुस्ताङको चुुङसी गुफा मंगलबार, भदौ १८, २०८१ मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका–३ मा रहेको चुङसी गुफा पर्यटकका पर्खाइमा छ। चीन र भारत जोड्ने कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत साङबोचे नजिकै रहेको गुफाको महत्व र विषेशताका बारेमा प्रचारप्रसारको कमीले ओझेलमा परेको हो।