संसद बैठकमै प्रधानमन्त्री र गृहमन्त्रीलाई आतंककारी भनेपछि...

काठमाडौं— नेपाली कांग्रेस सांसद सुनिल शर्माले प्रधानमन्त्री र गृहमन्त्रीलाई आतंककारीको नेतृत्व गरेको आरोप लगाएपछि नेकपा माओवादी केन्द्रले आपत्ति जनाएको छ ।
सोमबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद शर्माले देशको प्रधानमन्त्री र गृहमन्त्रीले आतंककारीहरूको नेतृत्व गरिराखेको छ कि डेमोक्रेटिकको नेतृत्व गरिराखेको छ ? भन्दै प्रश्न गरेका थिए ।
सांसद शर्माको प्रश्नमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले आपत्ति जनाएका हुन् । उनले भने, ‘एउटा माननीयले प्रधानमन्त्रीलाई आतंककारी कसरी भन्न मिल्छ ? कसरी सम्भव हुन्छ ? यो रेकर्डबाट हटाएर कारबाही गर्नुपर्छ ।’
प्रकाशित मिति: सोमबार, साउन २९, २०८० १५:५३













