
काठमाडौं— निवर्तमान संघीय मामिला तथा प्रशासन मन्त्री अमनलाल मोदीले पद र प्रतिष्ठा सधै नहरने बताएका छन् ।
सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले पद प्रतिष्ठा सधैभरि नरहने बताउँदै जिम्मेवारी लिएपछि अन्तिमसम्म देश र जनताका लागि काम गर्नु पर्ने बताए ।
‘सबैले आफ्नो काम राम्रसँग गर्नुहोस्, यो पद प्रतिष्ठा सधैभरि रहँदैन्, आज म बिदाइ भए अर्को दिन अर्को मन्त्री, यो निरन्तर चल्छ मन दुखाउन हुँदैन,’ उनले भने, ‘तर, जिम्मेवारी लिएपछि अन्तिमसम्म देश र जनताका लागि काम गर्नु पर्छ ।’
सामान्य परिवारबाट आएर आफूले मन्त्रीको रुपमा छोटो समय भए पनि जनताको लागि सेवा गर्न पाएको बताउँदै खुसी व्यक्त गरे ।
‘एउटा सामान्य परिवारको मान्छे मन्त्रीको रुपमा आएँ, यो अवसर दिनु भयो, त्यसमा सिक्ने मौका पाएँ, विभिन्न देशबाट पनि जो सहयोग गर्नुभयो यसको लागि धन्यवाद,’ उनले भने ।













