सरकारले संसद अवरोध गरेको एमाले सचेतक बर्तौलाको दाबी

काठमाडौं— नेकपा एमाले सचेतक महेश बर्ताैलाले संसदको अवरोध एमालेले नभई सरकारले गर्न खोजेको दाबी गरेका छन् ।
सोमबार बसेको प्रतिनिधि सभाको बैठकपछि पत्रकारसँग कुरा गर्दै सचेतक बर्तौलाले सरकार प्रतिपक्षीको मागमा अनुदार देखिएको आरोप लगाए ।
‘सरकारले यो संसद अवरोध गर्न चाहन्छ, संसदको भूमिकालाई निस्तेज पार्न चाहन्छ,’ उनले भने, ‘त्यस कारण प्रतिपक्षले संसदमा उठाएको मागलाई नजरअन्दाज र अन्देखा गर्ने, माग पूरा गर्दिन भनेर अनुचित अडान र जर्बजस्तीमा उभिएको छ ।’
सचेतक बर्तौलाले एमालेले संसद अवरोध नगरको दाबी गरे । उनले एमालेले उठाउको विषय जनताको हितमा भएको दाबी गरे ।
उनले सरकारले एमालेविरुद्ध नकारात्मक हौवा चलाएर जनतामा भ्रम छर्ने कार्य गरेको आरोप लगाए ।
प्रकाशित मिति: सोमबार, साउन २९, २०८० १७:१३













