News Griha :: न्यूजगृह
बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरूको बैठक जारी

काठमाडौं— प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेताहरूको छलफल जारी छ ।

सोमबार शीर्ष नेताहरूबीच बालुवाटारको ललिता निवास सार्वजनिक जग्गाबारे सर्वोच्च अदालतको आदेशलगायत विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड,नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा,नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललगायत छन् ।

गत साउन २१ गते सर्वोच्चले ललिता निवास प्रकरणसम्बन्धी बन्दीप्रत्यक्षीकरणको रिटमा मन्त्रिपरिषद्को निर्णय, कार्यान्वयन तथा प्रस्तावमा प्रत्यक्ष संलग्नहरूमाथि अनुसन्धान गर्न आदेश दिएको थियो ।

आदेशपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पूर्वप्रधानमन्त्री नेपाल र नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईमाथि पनि अनुसन्धान गर्न बाटो खुला गरेको हो ।

प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  १९:०५
Weather Update