कोशी प्रदेशको स्थायित्व र विकासका लागि दलीय सहमति आवश्यक : मुख्यमन्त्री थापा शनिबार, साउन २७, २०८०

उपप्रधानमन्त्री खड्काको दाबी— गठबन्धन सरकारको स्थायित्वमा शङ्का गर्ने ठाउँ छैन शनिबार, साउन २७, २०८० उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले वर्तमान गठबन्धन सरकारको स्थायित्वका विषयमा शङ्का गर्ने कुनै ठाउँ नभएको बताएका छन् ।

कानुन तोडमोड गरेर निर्दोष फसाउने काम भयो : नेता कोइराला शनिबार, साउन २७, २०८० नेपाली कांग्रेसका नेता शशाङ्क कोइरालाले कानुन तोडमोड गरेर निर्दोषलाई फसाउने काम भएको भन्दै आपत्ति जनाएका छन् । सुशासन र मुलुकको वर्तमान अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा नेता कोइरालाले कानुन सबैका लागि समान भनेर बनाए पनि व्यवहारमा नदेखिएको गुनासो गरे ।

कांग्रेसलाई ओलीको प्रश्न– कुकुरले पुच्छर हल्लाउने हो कि पुच्छरले कुकुर ? शनिबार, साउन २७, २०८० प्रमुख प्रतिपक्ष नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ दल कांग्रेस टिप्पणी गर्न लायकको पार्टी नरहेको दाबी गरेका छन् ।संसद्को सबैभन्दा ठूलो दल कांग्रेसलाई सानो दलको पछि लाग्ने रहर नसकिएसम्म आफूले केही पनि प्रतिक्रिया नदिने ओलीको भनाई थियो । उनले पुच्छरले कुकुर हल्लाएजस्तो भूमिकामा संसद्को सबैभन्दा ठूलो दल कांग्रेस रहेकोमा...

विदेश भ्रमण छोट्याएर माधव नेपाल भोलि स्वदेश फर्किँदै शनिबार, साउन २७, २०८० नेकपा एकीकृत समाजवादी पार्टी अध्यक्ष माधवकुमार नेपालले युरोप भ्रमण छोट्याउँदै आइतबार नेपाल फर्कने भएका छन् । उनी आइतबार म्याड्रिडबाट कतार एअरलाइन्सको उडानबाट स्वदेश फर्कन लागेका हुन् ।स्विट्जरल्यान्डबाट दुई दिनअघि स्पेन पुगेका उनी म्याड्रिडस्थित नेपाली दूतावासमा छन् । ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा सर्वोच्च अदालतले हालै पिरामिडको माथिल्लो तहसम्म...

पर्यटन ऐन छिट्टै ल्याइन्छ : मन्त्री किराती शनिबार, साउन २७, २०८० भोजपुर–पौवादुङ्मा सेवा समाज काठमाडौंद्वारा आज आयोजित ‘भोजपुरको समग्र हितका लागि काठमाडौंमा रहेका संघ–संस्थाहरूको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले मुलुकको समग्र पर्यटन विकासका लागि समयसापेक्ष पर्यटन ऐन ल्याइने जानकारी दिए ।

ठूला भ्रष्टाचारका सबै मुद्दाको छानबिन हुनु पर्छ : बाबुराम भट्टराई शनिबार, साउन २७, २०८० पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी हुन आज सुर्खेत पुगेका डा. भट्टराईले छानबिनका लागि गठन गरिने आयोगमा कार्यकारीको छायाँसमेत पर्न नहुने बताए ।चर्चामा रहेका सुन काण्ड, नक्कली भुटानी शरणार्थी प्रकरण मात्र नभई पञ्चायत कालदेखिका प्रकरणको आयोगले निष्पक्ष रुपमा छानबिन गर्नु पर्नेमा उनले जोड दिए ।‘घोटलाको निष्पक्ष छानबिन गर्न कार्यकारीको छाया...

प्रचण्डले प्रतिशोधको राजनीति सुरु गरेको केपी ओलीको आरोप शनिबार, साउन २७, २०८० उनले नेपालको लोकतान्त्रिक प्रणालीमा कुनै योगदान नभएकाहरूको लोकतन्त्रको पक्षमा आवाज उठाउनलेलाई डण्डा चलाउन थालेको भन्दै प्रचण्ड इन्कित आक्रोश पोखे । उनले देशका लागि कुनै योगदान नदिएका दुई चार जनाको शासनमा हालिमुहाली रहेको आरोपसम्म लगाए । उनले पहिले हत्कडी लगाएर अनि छानबिन गर्ने प्रवृत्तिको विरोध गरे ।
समाज रुपान्तरण गर्न युवा पुस्ताको नेतृत्वदायी भूमिका आवश्यक छ : मन्त्री मोदी शनिबार, साउन २७, २०८० उनले थपे, ‘जो युवाहरु विदेशिएका छन्, त्यहाँ पनि बोटमा पैसा फलेको छ भनेर टिप्न गएका होइनन्, उनीहरुले रगत र पसिना बगाएर श्रम गरिरहेका छन्, उनीहरुलाई नेपालमै रोजगारीको प्रबन्ध गर्ने र युवाहरु विदेशिने क्रमलाई रोक्नेबाहेक सरकारसँग अर्को विकल्प छैन ।’

हामी ओपिनेन नबनौँ, हेरौँ सत्य के हो ? : अर्थमन्त्री महत शनिबार, साउन २७, २०८० शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री महतले कसैले सुनियोजित तरिकाले प्रचार गरेको छ भने त्यसको पछि लाग्न नहुने बताए । उनले कुनै कुरा देखाउन मात्र नभई राम्रोका लागि गर्नु पर्ने प्रष्ट पारे ।

ओलीको हस्तक्षेपपछि मुलुकको राष्ट्रिय राजनीति अस्थिर बन्यो : घनश्याम भुसाल शनिबार, साउन २७, २०८० अहिलेको राजनीतिलाई वामपन्थी कोणबाट समेट्दै लानु पर्ने बताउँदै महासचिव भुसालले ८ महिनाभित्र नेपाललाई कसरी अगाडि बढाउने भन्ने विषय आफ्नो ऐजण्डा सार्वजनिक गर्ने र राजनीति स्थापित गर्ने दृढता व्यक्त गरे । उनले अहिले एमाले ओलीसँग पलपलमा हारिरहेको जिकीर गरे ।
युवा राष्ट्रको अमूल्य सम्पत्ति हो : प्रधानमन्त्री दाहाल शनिबार, साउन २७, २०८० साहस, सिर्जनशीलता, सिक्ने क्षमता एवं उच्च आत्मविश्वासका कारण युवा वर्ग प्रमुख धरोहरका रुपमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले युवालाई राष्ट्र निर्माणको प्रमुख स्रोतसमेत मान्न सकिने उनको भनाइ थियो । उनले गुणात्मक र सङ्ख्यात्मक दुवै दृष्टिले युवा राष्ट्रका मेरुदण्ड भएकाले युवाको सर्वाङ्गीण विकास गरी उनीहरूको क्षमतालाई राष्ट्रिय विकासको मूल धारमा ल्याउन...
पेट पाल्न युवाहरू विदेशिनु राज्यकै लाजमर्दो पक्ष : अध्यक्ष लिङदेन शनिबार, साउन २७, २०८० शनिबार काठमाडौंमा आयोजित बृहत रक्तदान, चियापान एवं अन्तरक्रिया कार्यक्रममा अध्यक्ष लिङदेनले देशभित्र उद्योग धन्दाहरू स्थापना गरेर रोजगारीको सिर्जना गर्नु पर्ने बताए ।









