ठूला भ्रष्टाचारका सबै मुद्दाको छानबिन हुनु पर्छ : बाबुराम भट्टराई

सुर्खेत— नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देशमा भएका भ्रष्टाचारका सबै ठूला मुद्दा उच्चस्तरीय आयोग बनाएर छानबिन गर्नु पर्ने बताएका छन् ।
पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी हुन आज सुर्खेत पुगेका डा. भट्टराईले छानबिनका लागि गठन गरिने आयोगमा कार्यकारीको छायाँसमेत पर्न नहुने बताए ।
चर्चामा रहेका सुन काण्ड, नक्कली भुटानी शरणार्थी प्रकरण मात्र नभई पञ्चायत कालदेखिका प्रकरणको आयोगले निष्पक्ष रुपमा छानबिन गर्नु पर्नेमा उनले जोड दिए ।
‘घोटलाको निष्पक्ष छानबिन गर्न कार्यकारीको छाया नपर्ने गरी आयोग गठन गर्नु पर्छ,’ डा. भट्टराईले सुझाव दिए ।
ललिता निवास प्रकरणमा आफूले गलत नगरेको उल्लेख गर्दै उनले छानबिनका क्रममा आफू दोषी देखिए सजाय भोग्न तयार रहेको बताए ।
प्रकाशित मिति: शनिबार, साउन २७, २०८० १७:१०













