उपप्रधानमन्त्री खड्काको दाबी— गठबन्धन सरकारको स्थायित्वमा शङ्का गर्ने ठाउँ छैन

काठमाडौं— उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले वर्तमान गठबन्धन सरकारको स्थायित्वका विषयमा शङ्का गर्ने कुनै ठाउँ नभएको बताएका छन् ।
काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा उनले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रण गर्ने र नागरिकलाई सुशासनको प्रत्याभूति दिलाउने काम गर्दै आएको भन्दै यसको स्थायित्वका विषयमा शङ्का गर्ने ठाउँ नभएको बताए ।
खड्काले सरकार सुशासन र भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकतामा राख्दै आर्थिक सुधारको दिशामा अघि बढेको भन्दै यसको परिणाम छिट्टै देखिने पनि बताए ।
प्रकाशित मिति: शनिबार, साउन २७, २०८० १९:५१













