डाँडामा डुब्न लागेको घाम जस्तो व्यक्तिबाट अब धेरै काम हुन सक्दैन : मन्त्री ज्वालाशनिबार, साउन २७, २०८०

भ्रष्टाचार र सुशासन दिन नसके सरकार टिक्दैन : शेखर कोइराला शनिबार, साउन २७, २०८० उनले अमेरिकाको पछिल्लो वैदेशिक नीतिमा नेपालमा लगानीका लागि भ्रष्टाचार र सुशासन मुख्य समस्या रहेको औँल्याइएको उल्लेख गर्दै त्यसलाई कम गर्न सत्ता गठबन्धन र सरकारले जोड दिनु पर्ने बताए । नेता कोइरालाले राजनीतिक स्थिरता, भ्रष्टाचारको अन्त्य, लगानीमैत्री कानूनको निर्माण गर्न सके समृद्ध र समुन्नत नेपाल बनाउन समस्या नहुने बताएका थिए ।

बहुमतको सरकारले मात्र केही हुँदैन : गगन थापा शनिबार, साउन २७, २०८० नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बहुमतको सरकारले मात्र केही नहुने बताएका छन् । शनिबार नेपाली कांग्रेस गोकर्णेश्वर नगरपालिकाको १४ औँ महाधिवेशन पश्चात पहिलो नगर सम्मेलनमा थापाले आम जनताको विश्वासले सबैभन्दा ठूलो अर्थ राख्ने बताए ।

माओवादीलाई ‘स्मार्ट’ पार्टी बनाउन पुनको प्रस्ताव शनिबार, साउन २७, २०८० काठमाडौंमा आयोजित एक कार्यक्रममा पुनले स्मार्ट पार्टी बनाउने कार्य योजनाबारे चर्चा गरेका हुन् । ‘समयअनुसार चल्न नसक्ने पार्टीहरू इतिहासमा सीमित भएका छन्’, उनले भने, ‘अहिलेको साइबर युगमा स्मार्ट पार्टी बनाउन जरुरी छ, त्यस्तो पार्टीले मात्र आजको युगको सही प्रतिनिधित्व गर्न सक्छ ।’

सीके राउत नेतृत्वको जनमत पार्टी आइतबार सरकारमा सहभागी हुने शनिबार, साउन २७, २०८० स्रोतका अनुसार पार्टी आइतबार सरकारमा सहभागी हुने भएको हो। 'राष्ट्रपति कार्यालयमा नाम पुगिसकेको छ, मन्त्रालय भने टुंगो लागेको छैन,' स्रोतले भन्यो । गत पुसमा प्रचण्ड नेतृत्वको सरकारमा सहभागी भएको जनमत पार्टीले चैतमा सरकार छाडेको थियो । जनमतका तर्फबाट मन्त्री बनेका खानेपानी मन्त्री अब्दुल खानले चैत १७ गते राजीनामा दिएका थिए...

कोशी प्रदेशमा सरकार विस्तार, स्वास्थ्य मन्त्रीमा लिम्बू नियुक्त शुक्रबार, साउन २६, २०८०

विवेकलाई भन्दा आवेगलाई अलि बढी प्राथमिकता दिएका छौँ : महामन्त्री शर्मा शुक्रबार, साउन २६, २०८० काठमाडौंमा आयोजित महाकवि विद्यापतिकृत कथासङ्ग्रह पुरुष- परीक्षा पुस्तक सार्वजनिक कार्यक्रममा महामन्त्री शर्माले नेपाली राजनीतिमा विकेकभन्दा आवेग हाबी भएको तर्क गरेका हुन् ।
संसद नचल्दा सेवा सुविधा नलिने रवि लामिछानेको घोषणा शुक्रबार, साउन २६, २०८० शुक्रबार प्रतिनिधि सभाको बैठकपछि पत्रकारसँग कुरा गर्दै सभापति लामिछानेले संसद नचलेको बेलाको कुनै सेवा सुविधा नलिने व्यवस्था गरिदिन सभामुखलाई आग्रह गरेको बताए ।
संसद भवनमा अनसन बस्ने भएपछि सांसदलाई पक्राउ गरियो : एमाले नेता पन्त शुक्रबार, साउन २६, २०८० शुक्रबार प्रतिनिधि सभाको बैठक अवरोधपछि सञ्चारकर्मीसँग सांसद पन्तले वकिलहरूले समेत दुई वर्ष म्याद नाघिसक्यो भनिसकेको अवस्थामा पक्राउ गर्नुमा ठूलो आशंका रहेको बताए । अर्थमन्त्री र गृहमन्त्रीको विरुद्धमा अनसन बस्छु भनेपछि सांसद शर्मा पक्राउ परेको प्रष्ट भएको उनको भनाइ थियो ।

सांसद शर्मा पक्राउबारे कांग्रेस संसदीय दलको बैठकमा उठ्यो प्रश्न शुक्रबार, साउन २६, २०८० शुक्रबार बसेका नयाँ बानेश्वरस्थित संघीय संसदको ल्होत्से हलमा जारी बैठकमा सांसद शर्मा पक्राउबारे अन्य सांसदहरूले प्रश्न उठाएका हुन् । सांसद शर्मालाई बिहीबार नक्कली प्रमाणपत्र बनाएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको थियो ।

गौर हत्या काण्ड छानबिन हुने भएपछि जसपाको पत्रकार सम्मेलन, पाँच बुँदे सहमतिप्रति असन्तुष्टि शुक्रबार, साउन २६, २०८० उनले आफूहरू राज्य र सरकार नभएको बताउँदै १६ वर्षसम्म सरकार किन चुप बसेको भन्दै प्रश्न गरे । गौर हत्या काण्डप्रति आफूहरू पनि दुखित रहेको भन्दै गौर घटना भवितव्यको घटना भएको र त्यसको सत्य तथ्य छानविन हुनु पर्ने उनको माग थियो । जसपाले गृह मन्त्रालय र गौर हत्या काण्ड पीडित संघर्ष...

ललिता निवास प्रकरणमा सीआईबीलाई बयान दिन डा. भट्टराई तयार शुक्रबार, साउन २६, २०८० उनले विगतका आयोगजस्तो नभई भ्रष्टाचारका सबै फाइल खोल्ने गरी उच्चस्तरीय आयोग गठनको आवश्यकता रहेको बताए। बुटवलमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री भट्टराईले भ्रष्टाचार निर्मूल पार्नका लागि व्यक्ति व्यक्तिलाई मात्रै कारबाही गरेर नहुने जनाउँदै संरचनागत ढङ्गले जानुपर्ने बताए ।
प्रतिपक्षको आवाज दबाउन सत्तापक्षले विरोध गर्यो : सांसद पन्त शुक्रबार, साउन २६, २०८० शुक्रबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले संसदमा आज प्रमुख प्रतिपक्ष बोल्दै गर्दा सत्ता पक्षले उभिएर विरोध जनाएको घटना संसदमा पहिलो पटक देखेको बताए ।









