News Griha :: न्यूजगृह
संसद भवनमा अनसन बस्ने भएपछि सांसदलाई पक्राउ गरियो : एमाले नेता पन्त 

काठमाडौं— नेकपा एमालेका सांसद रघुजी पन्तले सांसद सुनिल शर्मालाई सुन प्रकरणलाई लिएर संसद भवनमा अनसन बस्छु भनेपछि पक्राउ गराइएको दाबी गरेका छन् ।

शुक्रबार प्रतिनिधि सभाको बैठक अवरोधपछि सञ्चारकर्मीसँग सांसद पन्तले वकिलहरूले समेत दुई वर्ष म्याद नाघिसक्यो भनिसकेको अवस्थामा पक्राउ गर्नुमा ठूलो आशंका रहेको बताए । अर्थमन्त्री र गृहमन्त्रीको विरुद्धमा अनसन बस्छु भनेपछि सांसद शर्मा पक्राउ परेको प्रष्ट भएको उनको भनाइ थियो ।

‘उहाँ दोषी देखिनु भएको छ भने हाम्रो भन्नु केही छैन, तर मैले वकिलहरूको केही साथीहरूको कुरा गराईबाट उहाँको म्याद नाघिसक्यो, दुई वर्ष म्याद नाघिसक्यो, अहिले जे कारणले कारबाही गर्‍यो यही सुन काण्डलाई लिएर म अनसन बस्छु संसदमा भनेको कारणले हो,’ उनले भने ।
 
 

प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  १६:३०
Weather Update