News Griha :: न्यूजगृह
कोशी प्रदेशमा सरकार विस्तार, स्वास्थ्य मन्त्रीमा लिम्बू नियुक्त

मोरङ— कोशी प्रदेश सरकारको स्वास्थ्य मन्त्रीमा निर्मला लिम्बू नियुक्त भएकी छिन् ।

प्रदेश प्रमुख परशुराम खापुङले सरकारको सिफारिसमा लिम्बूलाई स्वास्थ्य मन्त्रीमा नियुक्त गरेका हुन् ।

नवनियुक्त मन्त्री लिम्बूले शुक्रबार नै नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम पद तथा गोपनीयताको शपथ लिएकी छिन् ।

मुख्यमन्त्री उद्धव थापाले यही साउन १७ गते तीन जना मन्त्री नियुक्त गरेका थिए ।
 

प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  १९:१५
Weather Update