News Griha :: न्यूजगृह
डाँडामा डुब्न लागेको घाम जस्तो व्यक्तिबाट अब धेरै काम हुन सक्दैन : मन्त्री ज्वाला

काठमाडौं— भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले डाँडामा डुब्न लागेको घाम जस्तो व्यक्तिबाट अब धेरै काम हुन नसक्ने बताएका छन् ।

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजित एक कार्यक्रममा मन्त्री ज्वालाले राष्ट्र र समाजका लागि काम गर्ने भनेको युवाहरू भएको भन्दै पुरानो व्यक्तिहरूसँग ज्ञान, सिप र अनुभव लिएर अगाडि बढ्नु पर्ने बताए ।

‘डाँडामा डुब्न लागेको घाम जस्तो व्यक्तिबाट अब धेरै काम हुन सक्दैन्, उसका ज्ञान, सिप, अनुभव हामीले लिनुपर्छ, तर अब राष्ट्र, समाजका लागि काम गर्ने भनेको युवाहरुले नै हो,’ उनले भने, ‘जो बिहानका घाम जस्तै हुन्छन्, उनीहरूको काँधमा राष्ट्रको जिम्मेवारी छ, अबको कानून, नीति, कार्यक्रम र पार्टी युवा मैत्री हुनु पर्छ ।’

मन्त्री ज्वालाले युवाहरूलाई नेपालमा राख्ने हो भने रोजागारीको सिर्जना गर्नु आवश्यक भएको भन्दै त्यसको लागि नेपाल सरकार प्रतिबद्ध रहेको बताए ।

उनले दिशाहिन युवाले राष्ट्र निर्माण, क्रान्ति र समाज सेवामा योगदान गर्न नसक्ने भन्दै यही कारण युवाहरूलाई सरकारले लिएको लक्ष्य तर्फ आकर्षित गर्नु आवश्यक भएको पनि बताए । 

प्रकाशित मिति: शनिबार, साउन २७, २०८०  १३:०९
Weather Update