संसद नचल्दा सेवा सुविधा नलिने रवि लामिछानेको घोषणा
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं सांसद रवि लामिछानेले पार्टीले संसद नचलेको बेलामा कुनै सेवा सुविधा नलिने बताएका छन् ।
शुक्रबार प्रतिनिधि सभाको बैठकपछि पत्रकारसँग कुरा गर्दै सभापति लामिछानेले संसद नचलेको बेलाको कुनै सेवा सुविधा नलिने व्यवस्था गरिदिन सभामुखलाई आग्रह गरेको बताए ।
‘संसद नचलेको दिनको सेवा सुविधा नलिने र त्यो नलिने व्यवस्थाका लागि हामीले अनुरोध गरेका छौँ,’ उनले भने ।
सभापति लामिछानेले नेपाली जनताका लागि केही गर्न नपाउँदै पैसा लिनु भनेको आफूहरूलाई स्वीकार्य नभएको बताए ।
प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८० १६:४६













