News Griha :: न्यूजगृह
सांसद शर्मा पक्राउबारे कांग्रेस संसदीय दलको बैठकमा उठ्यो प्रश्न

काठमाडौं— नेपाली कांग्रेसको संसदीय दलको बैठकमा पार्टीका केन्द्रीय सदस्य तथा सांसद सुनिल शर्मा पक्राउबारे प्रश्न उठेको छ ।

शुक्रबार बसेका नयाँ बानेश्वरस्थित संघीय संसदको ल्होत्से हलमा जारी बैठकमा सांसद शर्मा पक्राउबारे अन्य सांसदहरूले प्रश्न उठाएका हुन् ।

सांसद शर्मालाई बिहीबार नक्कली प्रमाणपत्र बनाएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको थियो ।

यस्तै, बैठकमा संसद अवरोध, आ.व.२०८०–८१ को बजेटको प्रभावकारी कार्यान्वयन, संसदमा नेपाली कांग्रेसको प्रभावकारी भूमिकालगायत विषयमा छलफल भइरहेको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  १५:५७
Weather Update