विवेकलाई भन्दा आवेगलाई अलि बढी प्राथमिकता दिएका छौँ : महामन्त्री शर्मा

काठमाडौं— नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली राजनीतिमा विवेकभन्दा आवेग हाबी भएकाले समस्या भएको बताएका छन् ।
काठमाडौंमा आयोजित महाकवि विद्यापतिकृत कथासङ्ग्रह पुरुष- परीक्षा पुस्तक सार्वजनिक कार्यक्रममा महामन्त्री शर्माले नेपाली राजनीतिमा विकेकभन्दा आवेग हाबी भएको तर्क गरेका हुन् ।
आवेग कम गरेर विवेक प्रयोग गर्ने हो भने भोलिदेखि संसद चल्ने उनको भनाइ छ ।
‘विवेकलाई भन्दा आवेगलाई अलि बढी प्राथमिकता दिएका छौँ,’ उनले भने, ‘राजनीतिको मञ्चमा पनि विवेकलाई अलिकति केन्द्रमा राखेर आवेगलाई अलिकति निषेधित गर्दिने हो भने यो देशको संसद भोलि नै सुरु हुन सक्छ, संसदमा हामी राम्रोसँग बहस गर्न सक्छौँ ।’
प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८० १७:४०













