News Griha :: न्यूजगृह
प्रतिपक्षको आवाज दबाउन सत्तापक्षले विरोध गर्‍यो : सांसद पन्त

काठमाडौं— प्रमुख प्रतिपक्ष नेकपा एमालेका सांसद रघुजी पन्तले प्रतिपक्षको आवाज दबाउन सत्ता पक्षले संसदमा विरोध गरेको बताएका छन् ।

शुक्रबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले संसदमा आज प्रमुख प्रतिपक्ष बोल्दै गर्दा सत्ता पक्षले उभिएर विरोध जनाएको घटना संसदमा पहिलो पटक देखेको बताए ।

उनले सत्ता पक्षका सांसदले प्रतिपक्षलाई बोल्न नदिने कुरा संसदीय मान्यताविपरीत भएको जिकीर गरे ।

‘संसदमा विरलै देखिने दृश्य आज देखियो, सामान्यतया संसद सत्ता पक्षले चलाउन चाहन्छ, प्रतिपक्षले आफ्ना कुरा राख्न चाहन्छ, संसद सुरु भएर मुख्य प्रतिपक्ष दलको सांसद माननीय ज्वाला साहलाई सभामुखले बोल्न समय दिनासाथ सत्ता पक्षका सबै सांसदहरु उठेर उहाँलाई बोलेको कुरा नसुनिने गरी होहल्ला गरेर बोल्नै नदिने अवस्था भयो,’ उनले भने । 

सांसद पन्तले सीआईबी र राजश्व अनुसन्धानलाई असर नपर्ने गरी सुन तस्करी प्रकरणको अनुसन्धान गर्न संसदीय छानबिन समिति बनाउन सरकारलाई केले रोकेको हो ? भन्दै प्रश्न गरे ।
 

प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  १५:००
Weather Update