News Griha :: न्यूजगृह
माओवादीलाई ‘स्मार्ट’ पार्टी बनाउन पुनको प्रस्ताव
फाइल तस्बिर

काठमाडौं— नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले पार्टीलाई ‘स्मार्ट’ बनाउनु पर्ने बताएका छन् ।

वर्तमान साइबर युग सुहाउँदो स्मार्ट पार्टीले मात्र अहिलेको अवस्थामा मुलुकको नेतृत्व गर्न सक्ने भन्दै उनले पार्टीलाई पुनः निर्माण गर्नु पर्ने बताएका हुन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा पुनले स्मार्ट पार्टी बनाउने कार्य योजनाबारे चर्चा गरेका हुन् । ‘समयअनुसार चल्न नसक्ने पार्टीहरू इतिहासमा सीमित भएका छन्’, उनले भने, ‘अहिलेको साइबर युगमा स्मार्ट पार्टी बनाउन जरुरी छ, त्यस्तो पार्टीले मात्र आजको युगको सही प्रतिनिधित्व गर्न सक्छ ।’

पुनले महिला अधिकार स्थापित गर्न र समाजमा महिलाहरूको सहभागिता वृद्धि गर्न आफूहरूको आन्दोलनले धेरै ठूलो योगदान गरेको बताए ।

नेपालको संविधानले राज्यका सबै तहमा कम्तिमा ३३ प्रतिशत महिला सहभागिता ग्यारेण्टी गरेको उल्लेख गरेको उनको भनाइ थियो ।
 

प्रकाशित मिति: शनिबार, साउन २७, २०८०  १०:४६
Weather Update