कांग्रेस संसदीय दलको बैठक बस्दैशुक्रबार, साउन २६, २०८०

गत मङ्सिरको चुनावपछि ३ सांसद पक्राउ, एक फरार बिहीबार, साउन २५, २०८० नक्कली शैक्षिक प्रमाणपत्रको कसुरमा बिहीबार नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ परे । योसँगै बहालवाला सांसद नै पक्राउ पर्नेको संख्या तीन पुगेको छ । मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा प्रत्यक्ष निर्वाचित सांसद शर्मालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बिहीबार दिउँसो काठमाडौंको गोल्फुटारबाट पक्राउ गरेको हो ।

राष्ट्रपतिलाई भेट्न पुगे प्रधानमन्त्री बिहीबार, साउन २५, २०८० राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शीतल निवास पुगेका छन् । बिहीबार अपरान्ह प्रधानमन्त्री प्रचण्ड शीतल निवास पुगेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।

परराष्ट्र नीतिबारे सरोकार समितिमा छलफल, छरितो नीति बनाउन सुझाव बिहीबार, साउन २५, २०८० सिंहदरबारमा बसेको बैठकमा राष्ट्रिय सुरक्षाको अवधारणा र परराष्ट्र सम्बन्धको अवधारणा, सिद्धान्त, अवस्था, प्रमुख सवाल, समस्या तथा सुधारको उपायलगायतका सम्बन्धमा छलफल भएको हो ।बैठकमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विभागका प्रा. डा. खड्ग केसीले परराष्ट्र नीतिमा सबैलाई स्वीकार्य नीति छैन भने नयाँ परराष्ट्र नीतिको छलफल सुरु गर्नु पर्ने बताए ।

साम्प्रदायिक घृणा फैलाउने काम भइरहेको छ : केपी ओली बिहीबार, साउन २५, २०८० २९ औँ विश्व आदिवासी दिवसको उपलक्ष्यमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले हिजो आरक्षणको कुरा सुन्नै नचाहानेहरूले अहिले त्यसको जस लिन खोजेर रंग बदलेर विद्रोह र कलह बढाउन खोजेको आरोप लगाए ।
![प्रधानमन्त्री र संघीय मन्त्रीहरूबीच कार्य सम्पादन सम्झौतामा हस्ताक्षर [पूर्णपाठ]](https://newsgriha.com/uploads/posts/520X390/PM & Ministery1691659118.jpg)
प्रधानमन्त्री र संघीय मन्त्रीहरूबीच कार्य सम्पादन सम्झौतामा हस्ताक्षर [पूर्णपाठ] बिहीबार, साउन २५, २०८० कार्य सम्पादन सम्झौताको समयावधि १ वर्ष तोकिएको छ । साथै “यस सम्झौता अवधिभरमा मन्त्रीको पद रिक्त भएमा सो पदको कार्यभार सम्हाल्ने वा नयाँ नियुक्त हुने मन्त्रीले यस सम्झौताबमोजिमको बाँकी काम गर्नुपर्ने” व्यवस्था सम्झौता पत्रमा गरीएको छ ।

प्रचण्डप्रति उपाध्यक्ष नेम्वाङको कटाक्ष : एमालेले कुनै शर्त गर्दैन बिहीबार, साउन २५, २०८० उनले एमालेको नेतृत्वमा देशमा धर्म निरपेक्षता घोषणा भएको र आईएलओ महासन्धि पनि आफूहरूकै नेतृत्वमा नेपालमा अनुमोदन भएको दाबी गरे । आफूहरूकै नेतृत्वमा संघीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता, समावेशितासहितको समाजवादउन्मुख संविधान जारी भएको भन्दै यसबाट एमाले आदिवासी जनताको पक्षमा रहेको स्पष्ट भएको उनको भनाइ थियो ।

कांग्रेस संसदीय दल समितिको बैठक बस्दै बिहीबार, साउन २५, २०८० बिहीबार अपरान्ह ४ बजे देउवा निवासमा बस्ने बैठकमा संसदीय गतिरोध लगायतका विषयमा छलफल हुने छ । सुन तस्करीका बारेमा छानबिन गर्न उच्च स्तरीय समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद् चल्न दिएको छैन । बैठकमा समसामयिक विषमा समेत छलफल हुने देउवा निकट स्रोतले जानकारी दियो ।

गगनलाई रवीन्द्रको प्रश्न : देशभन्दा ठूलो सिद्धान्त कसरी हुन्छ ? बिहीबार, साउन २५, २०८० महामन्त्री थापाले बुधबार अन्तर्राष्ट्रिय आदिवासी दिवसको अवसरमा आयोजित कार्यक्रममा ‘विचारभन्दा माथि देश मान्ने पार्टी कांग्रेस होइन, कांग्रेस विचार र सिद्धान्तमा चल्ने पार्टी हो’ भन्ने अभिव्यक्ति दिएका थिए । सो अभिव्यक्तिप्रति विमत्ति राख्दै मिश्रले जवाफ फर्काएका हुन् ।
बहुमत छ भन्दैमा विधि र नियम मिच्नु भएन : प्रकाशमान सिंह बिहीबार, साउन २५, २०८० नेता सिंहले राजनीतिमा धैर्य हुनु पर्ने बताए । व्यक्तिगत पहिचानभन्दा पार्टीलाई केन्द्र बिन्दुमा राखेर काम गर्नु पर्ने उनको भनाइ छ । उनले विरोधीहरूको भएन भन्ने नारालाई टिपेर पार्टी कमजोर भयो भनेर हिँड्न नहुने बताए ।

नेविसंघले शेरबहादुर देउवाको घर घेर्ने बुधबार, साउन २४, २०८० नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सभापति शेरबहादुर देउवाको घर घेर्ने तयारी गरेको छ । नेविसंघ तदर्थ केन्द्रीय समिति विस्तार भएसँगै असन्तुष्ट विद्यार्थी नेताहरू विरोधमा उत्रिएका छन् ।
1691239424.jpg)
म जोड दिएर भन्छु,भोटको लागि जातीय द्वन्द्वलाई मलजल गर्ने काम भइरहेको छ : राजेन्द्र लिङ्देन बुधबार, साउन २४, २०८० राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीति दलहरुले भोटको लागि जातीय द्वन्द्वलाई मलजल गरेको आरोप लगाएका छन् ।

तीन दलको लेनदेनको विषयले संसद् बन्धक बनाइनु हुँदैन : स्वर्णिम वाग्ले बुधबार, साउन २४, २०८० राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले तीन दलको लेनदेनको विषयले संसद् बन्धक बनाइएको आरोप लगाएका छन् । बुधबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीसँग सांसद वाग्लेले तीन दलले आफ्नो लेनदेनको विषय संसद् बाहिर नै समाधान गर्नु पर्ने बताए ।









