News Griha :: न्यूजगृह
म जोड दिएर भन्छु,भोटको लागि जातीय द्वन्द्वलाई मलजल गर्ने काम भइरहेको छ : राजेन्द्र लिङ्देन

काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीति दलहरुले भोटको लागि जातीय द्वन्द्वलाई मलजल गरेको आरोप लगाएका छन् ।

अन्तर्राष्ट्रिय आदिवासी जनजाती दिवसको अवसरमा काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले केही राजनीतिक दल र अन्तर्राष्ट्रिय शक्तिहरुले नेपालमा भोटको लागि र द्वन्द्व निम्त्याउन जातीय द्वन्द्वलाई मलजल गर्ने काम गरिरहेकाे आरोप लगाएका हुन् ।

उनले भने,‘म जोड दिएर भन्छु,केही राजनीतिक दल, केही व्यक्तिहरु र केही अन्तर्राष्ट्रिय शक्तिहरु नेपालमा भोटको लागि होस् अथवा द्वन्द्व स्थापनाका लागि होस् जातीय द्वन्द्वलाई मलजल गर्ने काम गरिरहेका छन् ।’

प्रकाशित मिति: बुधबार, साउन २४, २०८०  १८:४२
Weather Update