नेपाली कांग्रेस
कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं— प्रमुख सत्ता घटक नेपाली कांग्रेस संसदीय दलको बैठक आज शुक्रबार दिउँसो १ बजे नयाँ बानेश्वरस्थित लोत्से हलमा बस्ने भएको छ ।
बैठकमा अवरुद्ध सदन खुलाउने, विधेयकलाई अगाडि बढाउने,नयाँ विधेयक कसरी प्रस्तुत गर्नेलगायत विषयमा छलफल हुने संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।
बैठकमा आगामी दिनमा संसदमा कांग्रेस कसरी प्रस्तुत हुने, डेंगु रोगको रोकथाम,लम्की स्कीन रोगको उपचार,आँखा पाक्ने रोगको उपचारबारे सरकारको ध्यानाकर्षण गराइने प्रमुख सचेतक लेखकले जानकारी दिए ।
शैक्षिक प्रमाणपत्र किर्ते प्रकरणमा पक्राउन परेका आफ्ना सांसद डा.सुनिल शर्माबारे पनि बैठकमा छलफल हुने बुझिएको छ ।
प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८० ०५:५८













