एमाले मुलुकमा तस्करहरूको ढोका बन्द गर्न चाहन्छ : राष्ट्रिय सभा सदस्य दसौँदी बुधबार, साउन २४, २०८०

सत्तापक्षले संसद्मा दादागिरी देखायो : सचेतक बर्तौला बुधबार, साउन २४, २०८० प्रमुख प्रतिपक्ष नेकपा एमालेका सचेतक महेश बर्तौलाले संसद्मा प्रतिपक्षका विषय उठान गर्न नदिनका लागि सत्ता पक्षले संसद्मा दादागिरी देखाएको बताएका छन् । बुधबार प्रतिनिधि सभा बैठक अवरुद्ध गरेपछि सञ्चारकर्मीहरूसँग उनले सत्तापक्षका सांसदहरुले उठेर विरोध गर्नु दादागिरी भएको बताएका हुन् ।

महाधिवेशनको यात्रामा माओवादी बुधबार, साउन २४, २०८० नेकपा माओवादी केन्द्रले विधिसम्मत र वैचारिक दृष्टिकोणबाट पार्टीलाई अग्रणी बनाउने उद्देश्यका साथ विधान सम्मेलन हुँदै विशेष महाधिवेशनको यात्रा तय गरेको छ । यही असार १७ देखि २१ सम्म काठमाडौंमा चलेको केन्द्रीय समितिको चौथो पूर्ण बैठकबाट तीन महिनापछि विधान सम्मेलन र लगत्तै विशेष महाधिवेशन गर्ने निर्णय गरिएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी...

उच्चस्तरीय समितिले सुन तस्करीको छानबिन ओझेलमा पर्ने वामदेवको दाबी बुधबार, साउन २४, २०८० राष्ट्रिय सभा सदस्य वामदेव गौतमले सुन तस्करीमा उच्च स्तरीय समिति गठन गरेमा छानबिन ओझेलमा पर्ने बताएका छन् । उनले उच्च स्तरीय समिति गठन गरिएपछि प्रधानमन्त्रीलाई समेत छानबिनमा तान्नुपर्ने माग उठ्ने र त्यसले गर्दा नयाँ सरकार गठनमा लाग्ने भएकाले छानबिन नै ओझेलमा पर्ने बताए । राष्ट्रिय सभाको बुधबारको बैठकमा पूर्वगृहमन्त्री समेत...

राष्ट्रिय सभामा पनि एमालेको अवरोध बुधबार, साउन २४, २०८० राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्को बैठक साउन २६ गते बिहान ११ बजेका लागि बोलाएका छन् । बुधबारको राष्ट्रिय सभा बैठकमा सांसदहरुले समसामयिक विषयमा भने बोलेका थिए । समसामयिक विषयमा सांसदहरुले बोलेपछि अध्यक्ष गणेश तिमिल्सिनाले सभालाई नियमित कार्यसूचीमा लगेपछि एमाले सांसदहरू उठेका थिए ।
एमालेले संसद् बैठक अवरुद्ध गर्नुहुन्न : माओवादी सांसद जगप्रसाद शर्मा बुधबार, साउन २४, २०८० जनसरोकारका विषयमा छलफल गर्ने थलो संसद्लाई अवरोध गरेर कुनैपनि ढंगले यसको औचित्य पुष्टि गर्न नसक्ने हुनाले एमालेले संसद् अवरोध गर्न नहुने उनको तर्क थियो ।

सुन काण्डको छानबिन गर्न उच्चस्तरीय समिति बनाउनु पर्छ : सचिव विष्ट बुधबार, साउन २४, २०८० नेकपा एमाले सचिव एवं गण्डकी प्रदेश इन्चार्ज गोकर्ण विष्टले अवैध रुपमा नेपाल भित्रिएको सुन काण्डको छानबिन गर्न कानुनबमोजिम उच्चस्तरीय समिति गठन गर्नुपर्ने बताएका छन् ।

एमालेको नारावाजीपछि प्रतिनिधि सभा बैठक शुक्रबारसम्मका लागि स्थगित बुधबार, साउन २४, २०८० प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बुधबार पनि प्रतिनिधि सभा बैठक अवरोध गरेको छ । एमालेको अवरोध पछि बैठक साउन २६ गते शुक्रबार बस्ने गरी स्थगित भएको छ । त्रिभुवन विमानस्थलबाट भएको सुन तस्करीको छानविन गर्न उच्चस्तरीय छानविन समितिको माग गर्दै आएको एमालेले सोही माग अघि सार्दै प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको...

प्रवक्ताको जिम्मेवारी सम्हाल्दै सापकोटा बुधबार, साउन २४, २०८० माओवादी केन्द्रका उपाध्यक्षसमेत रहेका सापकोटाले प्रवक्ताको जिम्मेवारी सम्हालेसँगै मुलुकको पछिल्लो राजनीतिक अवस्थासहितका विषयमा पार्टीको धारणा स्पष्ट पार्ने जनाइएको छ । त्यसका लागि दिउँसो १ बजे सापकोटाले पार्टी मुख्यालय पेरिसडाँडामा पत्रकारसँग भेटघाट कार्यक्रम आयोजना गरेका छन् ।

संसदमा अवरोध हटाउन सभामुखकाे पहल, बोलाए कार्यव्यवस्था परामर्श समितिकाे बैठक बुधबार, साउन २४, २०८० सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा बैठकमा जारी अवरोध हटाउन पहल थालेका छन् । त्यसका लागि घिमिरेले कार्यव्यवस्था पराशर्म समितिको बैठक बोलाएका छन् ।
प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची बुधबार, साउन २४, २०८० प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण निरन्तर अवरुद्ध हुँदै आएको प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । बैठक दिउँसो १ बजे बोलाइएको संसद् सचिवालय जनाएको छ ।

एक क्विन्टल सुनबारे गृहमन्त्रीले भने : अनुसन्धान निकायबाट काम नभएन छानबिन समिति गठन गरौँ मंगलबार, साउन २३, २०८० उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका पालामा ३३ किलो सुन प्रकरणमा एक तोला पनि पत्ता लगाउन नसकेको बताउँदै अब त्यस्तो हुन नदिने पक्षमा सरकार रहेको बताए ।

२५ हजार मेघावाट उर्जा उत्पादन गर्ने प्लान बन्दैछ : उर्जामन्त्री बस्नेत मंगलबार, साउन २३, २०८० मंगलबार सिंहदरबारमा बसेको पूर्वाधार विकास समितिको बैठकमा उनले पूर्वाधारको अवस्था, उत्पादन क्षमता, सम्भावना र स्रोतको यकिन गरेरै एक दशकभित्र २५ हजारको उर्जा क्षमता विकास गर्ने गरी रोडम्याप तय गर्ने लागिएको बताए ।









