सुन काण्डको छानबिन गर्न उच्चस्तरीय समिति बनाउनु पर्छ : सचिव विष्ट

कास्की— नेकपा एमाले सचिव एवं गण्डकी प्रदेश इन्चार्ज गोकर्ण विष्टले अवैध रुपमा नेपाल भित्रिएको सुन काण्डको छानबिन गर्न कानुनबमोजिम उच्चस्तरीय समिति गठन गर्नुपर्ने बताएका छन् ।
एमाले गण्डकी प्रदेश सङ्गठन कमिटीको चौधौँ पूर्ण बैठकका निर्णय सार्वजनिक गर्दै उनले भने, ‘सुन काण्डको छानबिन समिति गठन गरेको खण्डमा एमालेले सदन अवरुद्ध गर्दैन, सरकार पारदर्शी रुपमा अगाडि बढ्नका लागि सुन काण्डको छानबिन समिति बनाउनै पर्छ ।’
वर्तमान सरकारले भ्रष्टाचार र दैनिक उपभोग्य वस्तुको मूल्य नियन्त्रण गर्न नसकेको उनको गुनासो थियो।
प्रकाशित मिति: बुधबार, साउन २४, २०८० १४:१६













