प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौं— प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण निरन्तर अवरुद्ध हुँदै आएको प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । बैठक दिउँसो १ बजे बोलाइएको संसद् सचिवालय जनाएको छ ।
मंगलबार सय किलो सुन तस्करी प्रकरणबारे गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसदमा जवाफ दिएका थिए ।
तर गृहमन्त्रीको जवाफमा एमालेले चित्त बुझाएन । सुन प्रकरणमा एमालेले उच्चस्तरीय छानबिन समिति बनाउन माग गरेको छ । सो समिति नबनेसम्म संसद् चल्न नदिने एमालेले बताएको छ ।
हेर्नुहोस् कार्यसूची
प्रकाशित मिति: बुधबार, साउन २४, २०८० ०६:११













