एमाले मुलुकमा तस्करहरूको ढोका बन्द गर्न चाहन्छ : राष्ट्रिय सभा सदस्य दसौँदी

काठमाडौं— नेकपा एमालेका सांसद कुमार दसौँदीले पार्टीले मुलुकमा तस्करहरूको ढोका बन्द गर्न चाहेको बताएका छन् ।
बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा सांसद दसौँदीले सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानविन समिति नबनेसम्म एमाले पछाडि नहट्ने बताए ।
उनले भने, ‘नेकपा एमालेले संसद्लाई बन्धक बनाएर भाष्य निर्माण गर्न खोजेको छैन् । हामीले जुन दिनदेखि सुन काण्डको विषय आयो त्यसै दिन देखि उच्च स्तरीय छानविन समिति बन्नु पर्छ र छानविन हुनुपर्छ भनेका छौं । तस्करहरूको ढोका बन्द गर्नु पर्छ । हामीले माग गरेका हौं । ’
राष्ट्रिय सभा सदस्य दसौँदीले सरकार यसबाट भाग्न खोजिरहेको आरोप लगाउँदै अगाडि भने, ‘आज २०/२२ दिन भइसक्यो अनि बीचमा आएर सरकारले सीआईबीको नाममा गोलमटोल गरेर पन्छाउन खोजिरहेको छ । के गठबन्धन सरकार भनेको सधैँ भरि तस्करी गर्न बनेको हो ? ’
प्रकाशित मिति: बुधबार, साउन २४, २०८० १६:२९













