एमालेको नारावाजीपछि प्रतिनिधि सभा बैठक शुक्रबारसम्मका लागि स्थगित

काठमाडौं— प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बुधबार पनि प्रतिनिधि सभा बैठक अवरोध गरेको छ । एमालेको अवरोध पछि बैठक साउन २६ गते शुक्रबार बस्ने गरी स्थगित भएको छ ।

त्रिभुवन विमानस्थलबाट भएको सुन तस्करीको छानविन गर्न उच्चस्तरीय छानविन समितिको माग गर्दै आएको एमालेले सोही माग अघि सार्दै प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको हो ।

प्रकाशित मिति: बुधबार, साउन २४, २०८० १३:३६













