News Griha :: न्यूजगृह
संसदमा अवरोध हटाउन सभामुखकाे पहल, बोलाए कार्यव्यवस्था परामर्श समितिकाे बैठक 

काठमाडौं— सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा बैठकमा जारी अवरोध हटाउन पहल थालेका छन् । त्यसका लागि घिमिरेले कार्यव्यवस्था पराशर्म समितिको बैठक बोलाएका छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सय किलो सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय समिति गठन माग गरी संसद् अवरुद्ध गर्दै आएको छ ।

संसद् सुचारु गर्ने विषयमा छलफल गर्न सभामुख घिमिरेले आज बिहान साढे ११ बजे कार्यव्यवस्था समितिको बैठक बोलाएका हुन् ।

संसद् भवन नयाँ बानेश्वरमा बस्ने साे समितिको बैठकले प्रतिनिधि सभाको आजको बैठक सञ्चालन गर्नेमा छलफल गर्नेछ । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।

प्रकाशित मिति: बुधबार, साउन २४, २०८०  ०९:४१
Weather Update