News Griha :: न्यूजगृह
तीन दलको लेनदेनको विषयले संसद् बन्धक बनाइनु हुँदैन : स्वर्णिम वाग्ले 

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले तीन दलको लेनदेनको विषयले संसद् बन्धक बनाइएको आरोप लगाएका छन् । 
बुधबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीसँग सांसद वाग्लेले तीन दलले आफ्नो लेनदेनको विषय संसद् बाहिर नै समाधान गर्नु पर्ने बताए । 

उनले भने, ‘हामीले यो भद्र सांकेतिक विद्रोह नै गरेका हौं । जनताको संसद्लाई बन्धक बनाएको छ । यि तीन वटा ठूला दलहरूले के के लेनदेन बार्गेनिङ नमिलेको हो जे जे गर्नु पर्छ अर्को थलो र अर्को समयमा गरेर आउनु । ’ 

वाग्लेले तोकेको समय र तोकेको मितिमा संसद् चल्नु पर्ने बताए । जनताको मुद्दाहरू यत्रतत्र भएको बेलामा यस्तो कार्य गर्नु उचित नभएको र यसले अर्थतन्त्रमा असर पार्ने पनि सांसद वाग्लेको भनाइ छ । 

प्रकाशित मिति: बुधबार, साउन २४, २०८०  १७:४६
Weather Update