News Griha :: न्यूजगृह
कांग्रेस संसदीय दल समितिको बैठक बस्दै

काठमाडौं— नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले संसदीय दलको समितिको बैठक बोलाएका छन् ।

बिहीबार अपरान्ह ४ बजे देउवा निवासमा बस्ने बैठकमा संसदीय गतिरोध लगायतका विषयमा छलफल हुने छ । सुन तस्करीका बारेमा छानबिन गर्न उच्च स्तरीय समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद् चल्न दिएको छैन । 

कांग्रेस संसदीय दलको समितिमा दलका नेता देउवासहित, दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा, प्रमुख सचेतक रमेश लेखक र सचेतक सुशीला थिङ छन् ।

देउवाले समितिको बैठकमा उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङलाई पनि बोलाउने गरेका छन् ।

बैठकमा समसामयिक विषमा समेत छलफल हुने देउवा निकट स्रोतले जानकारी दियो ।  

 

प्रकाशित मिति: बिहीबार, साउन २५, २०८०  १४:०६
Weather Update