News Griha :: न्यूजगृह
नेविसंघले शेरबहादुर देउवाको घर घेर्ने

काठमाडौं— नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सभापति शेरबहादुर देउवाको घर घेर्ने तयारी गरेको छ । नेविसंघ तदर्थ केन्द्रीय समिति विस्तार भएसँगै असन्तुष्ट विद्यार्थी नेताहरू विरोधमा उत्रिएका छन् ।

नेविसंघमा नेताका भतिज, साला र आफन्त नियुक्त गरेको भन्दै असन्तुष्ट विद्यार्थी नेताहरुले समानान्तर समिति गठन गर्ने बताएका छन् ।

समानान्तर समिति बनाउनको लागि बुधबार कांग्रेस मुख्याल सानेपामा गए पनि प्रहरी परिचालन गरेर जान नदिएपछि आक्रोशित उनीहरुले पार्टी सभापति शेरबहादुर देउवाको घर घेर्ने तयारी गरेका हुन् ।

नेविसंघका एक नेताले आफूहरूलाई पार्टी कार्यालयमा जान नदिएको भन्दै भोलि बिहीबार शेरबहादुर देउवाकाे घर घेर्ने बताए । सभापति देउवाले सोमबार ७१० जनालाई मनोनीत गरेपछि मनोनयनमा नपर्नेहरुले विरोध गरिरहेका हुन् ।

प्रकाशित मिति: बुधबार, साउन २४, २०८०  १८:५४
Weather Update