News Griha :: न्यूजगृह
 विदेश भ्रमण छोट्याएर माधव नेपाल भोलि स्वदेश फर्किँदै

काठमाडौं— नेकपा एकीकृत समाजवादी पार्टी अध्यक्ष माधवकुमार नेपालले युरोप भ्रमण छोट्याउँदै आइतबार नेपाल फर्कने भएका छन् । उनी आइतबार म्याड्रिडबाट कतार एअरलाइन्सको उडानबाट स्वदेश फर्कन लागेका हुन् ।

स्विट्जरल्यान्डबाट दुई दिनअघि स्पेन पुगेका उनी म्याड्रिडस्थित नेपाली दूतावासमा छन् । ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा सर्वोच्च अदालतले हालै पिरामिडको माथिल्लो तहसम्म छानबिन गर्न आदेश दिएको छ ।

सर्वोच्चको आदेशपछि विदेश भ्रमणमा गएको भन्दै आलोचना खेपिरहेका बेला उनले १० दिने भ्रमणलाई छोट्याएका हुन् । यसअघि भदौ १ गते स्वदेश फर्किने कार्यक्रम थियो ।  

प्रकाशित मिति: शनिबार, साउन २७, २०८०  १९:२०
Weather Update