ललिता निवास प्रकरणमा छानबिन गर्न सर्वोच्चले आदेश दिएको भोलिपल्टै माधव नेपाल विदेश उडे

काठमाडौं— नेकपा एकीकृत समाजवादी पार्टी (नेकपा एस) का अध्यक्ष माधव नेपाल विदेश भ्रमणमा गएका छन् ।
प्रवासी नेपाली एकता मञ्च युरोपले स्वीटजरल्याण्डलगायत देशमा आयोजना गरेको कार्यक्रममा सहभागी हुन उनी सोमबार त्यसतर्फ प्रस्थान गरेका हुन् ।
उनको सचिवालयका अनुसार टर्किस एअरको विमानबाट नेपाल आज बिहान साढे ७ बजे इस्तानबुल हुँदै जेनेभाका उडेका हुन् । उनी भदौ १ गते स्वदेश फर्किने छन् ।
उनीमाथि ललिता निवास जग्गा प्रकरणमा छानबिन गर्न सर्वोच्च अदालतले आदेश दिएकाे छ ।
प्रकाशित मिति: सोमबार, साउन २२, २०८० ०८:४३