पेट पाल्न युवाहरू विदेशिनु राज्यकै लाजमर्दो पक्ष : अध्यक्ष लिङदेन
काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले परिवार र पेट पाल्न युवाहरू विदेशिनु भनेको राज्यका लागि लाजमर्दो कुरा भएको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित बृहत रक्तदान, चियापान एवं अन्तरक्रिया कार्यक्रममा अध्यक्ष लिङदेनले देशभित्र उद्योग धन्दाहरू स्थापना गरेर रोजगारीको सिर्जना गर्नु पर्ने बताए ।
‘देशभित्र उद्योग धन्दाहरूको स्थापान गरेर रोजगारीको सिर्जना गर्न सकियोस् केवल परिवार पाल्नका लागि, पेट पाल्नका लागि विदेश जानु पर्ने दुःखदपूर्ण नियतिको अन्त्य होस,’ उनले भने ।
उनले देशका युवाहरु परिवार पाल्नकै लागि बाहिरिनु भनेको दुःखदायी र लाजमर्दो कुरा भएको बताए । उनले वास्तविकरुपमा परिवर्तन चाहने सशक्त युवाहरुलाई पार्टीमा आउन आव्हान पनि गरेका छन् ।
प्रकाशित मिति: शनिबार, साउन २७, २०८० १३:१८













