News Griha :: न्यूजगृह
सरकारभन्दा सुशासन बढी महत्वपूर्ण हो : प्रधानमन्त्री

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारभन्दा सुशासन, सामाजिक न्याय र समृद्धि महत्वपूर्ण भएको बताएका छन् ।

सोमबार पार्टीको बागमती प्रदेश समितिको पाँचौँ पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारभन्दा सुशासन महत्वपूर्ण ठानेर काम गर्दा बेतिथि गर्नेहरू नछुटोस् भन्नेमा आफूहरू रहेको बताए ।

‘सरकारभन्दा सुशासन, सामाजिक न्याय र समृद्धिको नारालाई एउटा संकल्पका रुपमा लिएका छौँ,’ उनले भने, ‘यसरी काम गर्दा जहाँ बेतिथि देखिन्छ, जो कोही पनि नछुटोस् भन्नेमा छौँ ।’

आफूहरूको कदमले प्रतिक्रियावादीमा एउटा आतंक सिर्जना भएको भन्दै उनले थपे, ‘उनीहरूको षड्यन्त्र र घेराबन्दी जति भए पनि हामी आफ्ठ्यारोमा छैनौँ, हामीले नयाँ ढंगले काम गर्नुछ ।’

प्रधानमन्त्रीले तीन महिने अभियानले पार्टीलाई नयाँ उचाईमा पुर्याउने विश्वास गरे । भर्खरै सम्पन्न केन्द्रीय समितिको बैठकले पार्टी पुनर्निर्माण र रुपान्तरणको नयाँ अभियानबारे गम्भीरतापूर्वक छलफल गरेर निष्कर्ष निकालेको उनको भनाइ थियो ।
 

प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  १६:११
Weather Update