News Griha :: न्यूजगृह
गठबन्धन कार्यदलका सदस्यहरू छलफलमा
गठबन्धन कार्यदलका सदस्यहरू छलफलमा प्रधानमन्त्री निवास बालुवाटारमा बिहान साढे बजे ९ बजे कार्यदलको बैठक बस्न लागेको हो। कार्यदलले हिजो नै साझा न्यूनतम नीति तथा कार्यक्रमलाई अन्तिम रूप दिएको छ। गठबन्धनका शीर्ष नेताहरूसमक्ष छलफलका लागि प्रस्तुत गर्नु अघि कार्यदलका सदस्यहरू छलफलमा जुट्न लागेका हुन्। 
माओवादी केन्द्रको विधानले पायो पूर्णता
माओवादी केन्द्रको विधानले पायो पूर्णता नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले पार्टी विधानलाई सम्पादन सहित पूर्णता दिएको छ।पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबार बसेको स्थायी समिति बैठकले आवश्यक सम्पादन सहित विधानलाई पूर्णता दिएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।
रास्वपा उपसभापतिको दाबी- कांग्रेसले रविलाई प्रधानमन्त्री अफर गरेको अडिओ सुरक्षित छ
रास्वपा उपसभापतिको दाबी- कांग्रेसले रविलाई प्रधानमन्त्री अफर गरेको अडिओ सुरक्षित छ रास्वपा उपसभापति एवं श्रममन्त्री डोलप्रसाद अर्याल (डीपी)ले सभापति रवि लामिछानेलाई कांग्रेसबाट आएको प्रधानमन्त्री प्रस्तावको अडिओ रेकर्ड सुरक्षित रहेको दाबी गरेका छन्।प्रतिनिधि सभा बैठकबाट बाहिरिँदै अर्यालले कांग्रेसबाट आएको प्रस्तावको टेलिफोन वार्तालापको अडिओ सुरक्षित रहेको दाबी गरेका हुन्। आवश्यक परेको दिन यो रेकर्ड बाहिर ल्याउने पनि उनले बताए। 
गृहमन्त्रीको राजीनामा माग्दै संसद्मा कांग्रेसको नाराबाजी, बैठक स्थगित
गृहमन्त्रीको राजीनामा माग्दै संसद्मा कांग्रेसको नाराबाजी, बैठक स्थगित प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै नाराबाजी गरेपछि प्रतिनिधि सभाको शुक्रबारको दोस्रो बैठक पनि स्थगित भएको छ।
१५ मिनेटलाई स्थगित प्रतिनिधि सभा बैठक अझै सुरु भएन
१५ मिनेटलाई स्थगित प्रतिनिधि सभा बैठक अझै सुरु भएन नेपाली कांग्रेसका सांसदको अवरोधका कारण स्थगित भएको प्रतिनिधि सभाको बैठक अझै सुरु भएको छैन।सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछाने बारे प्रधानमन्त्रीको जवाफ माग्दै नेपाली कांग्रेसका सांसदहरुले बैठक अवरोध गरेपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित भएको जानकारी गराएका थिए।
इलाम–२ को उम्मेदवार बन्न ओलीको निर्णय पर्खँदै खनाल
इलाम–२ को उम्मेदवार बन्न ओलीको निर्णय पर्खँदै खनाल न्यूजगृहसँगको कुराकानीमा खनालले नेकपा एकीकृत समाजवादीबाट मात्रै चुनावमा नजाने उल्लेख गर्दै वर्तमान गठबन्धनबाट साझा उम्मेदवारका रुपमा प्रस्ताव आए पछि नहट्ने बताए। उनले कांग्रेसकै नेताहरूले पनि सहयोग गर्ने आश्वासन दिएको सुनाए। उनले भने, ‘अहिले इलामको अवस्था सुन्दा, इलामेको भावना बुझ्दा इलामे जनताले मलाई सम्झिरहेका छन्। केही दिन अघि म इलाम गएका...
प्रतिनिधि सभा बैठकमा कांग्रेसको अवरोध
प्रतिनिधि सभा बैठकमा कांग्रेसको अवरोध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधका कारण प्रतिनिधि सभा बैठक अवरुद्ध भएको छ। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई राजनीतिक दलसम्बन्धी ऐनको संशोधन विधेयक प्रस्तुत गर्न नदिने भन्दै कांग्रेसले शुक्रबार प्रतिनिध सभा बैठकमा अवरोध गरेको हो। 
सुन तस्करी प्रकरणबारे निर्णय गर्न प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
सुन तस्करी प्रकरणबारे निर्णय गर्न प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री प्रचण्डले सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनका सन्दर्भमा आवश्यक निर्णय गर्न मन्त्रिपरिषद् बैठक बोलाएका हुन्। यस्तै, तस्करीमा संलग्नहरुमाथि अनुसन्धान गर्ने अधिकारीहरुले पाएको जिम्मेवारीअनुसार काम नगरेको र अनुसन्धानमा लापरबाही गरेको देखिएको भन्दै आयोगले गरेको सिफारिसअनुसार कारबाहीको विषयमा पनि मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने बताइएको छ। 
सुन प्रकरण: पूर्वउपराष्ट्रपति र बहालवाला अर्थमन्त्रीमाथि सदनमा उठ्यो प्रश्न 
सुन प्रकरण: पूर्वउपराष्ट्रपति र बहालवाला अर्थमन्त्रीमाथि सदनमा उठ्यो प्रश्न  संसद्‌मा पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनको सम्पत्ति छानबिन गर्नुपर्ने माग उठेको छ।शुक्रबार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै कांग्रेस सांसद राजन केसीले पुनको सम्पत्ति छानबिन गर्न माग गरेका हुन्।१० वर्षअघि कोठामा बस्ने पुनले अहिले ५ रोपनीको जग्गामा दरबार ठड्याएको भन्दै स्रोत खुलाउन माग गरे।
देश तस्कर र शक्तिशालीहरूको लुटको महाजालोमा फस्यो : कांग्रेस सांसद केसी
देश तस्कर र शक्तिशालीहरूको लुटको महाजालोमा फस्यो : कांग्रेस सांसद केसी नेपाली कांग्रेस सांसद अर्जुन नरसिंह केसीले देश तस्कर र शक्तिशालीहरूको लुटको महाजालोमा फसेको बताएका छन्। शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै उनले सुन काण्डमा संलग्न भएका सबै दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरे।उनले देशकै सबैभन्दा भ्रष्टाचारको ठूलो काण्ड एनसेल प्रतिवेदन सार्वजनिक गर्न पनि माग गरे।
कांग्रेसले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा
कांग्रेसले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेको छ।शुक्रबार प्रतिनिधि सभा बैठकको सुरुमा बोल्दै कांग्रेस सांसद प्रदीप पौडेलले विवादित व्यक्ति लामिछाने गृहमन्त्री बनेको भन्दै नैतिकताका आधारमा राजीनामा दिन माग गरेका हुन्। 
टीआरसी विधेयकमा फेरि अलमल, कानुनमन्त्री के भन्छन् ?
टीआरसी विधेयकमा फेरि अलमल, कानुनमन्त्री के भन्छन् ? सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोग सम्बन्धी (टीआरसी) विधेयक टुंग्याउन अझै केही समय लाग्ने भएको छ।शुक्रबार सिंहदरबारस्थित कानुन समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल भएको थियो। छलफलपछि कानुनमन्त्री पदम गिरीले छिटो भन्दा छिटो टीआरसी विधेयकलाई टुंग्याएर संसद्मा लैजान आफू तयार रहेको...
Weather Update