News Griha :: न्यूजगृह
‘सरकारले जथाभावी गरेमा संसद रमिते बन्न मिल्दैन’
‘सरकारले जथाभावी गरेमा संसद रमिते बन्न मिल्दैन’ नेकपा एमालेभित्र  गत निर्वाचनमा प्युठानी जनताको अभिमत लिएर सांसदका हैसियतमा म प्रतिनिधिसभामा पहिलोपटक प्रवेश गरेको हुँ। अघिल्लो हिउँदे अधिवेशन मेरा लागि सिकाइकै अधिवेशन रह्यो। विधि निर्माणका हिसाबले यसबीचमा संसदीय कारबाही प्रभावकारी र सन्तोषजनक हुन नसकेको जगजाहेरै छ। बितेका डेढ वर्षमा संसद्लाई सरकारले पर्याप्त ‘बिजनेस’ दिन सकेन। यस अवधिमा विनियोजन विधेयकबाहेक...
प्रतिनिधि सभामा आज विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा  छलफल हुने
प्रतिनिधि सभामा आज विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा  छलफल हुने संघीय संसदको प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे सुरु हुनेछ। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा शून्य र विषेश समयमा सांसदहरुलाई बोल्न दिइने छ। साथै बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले ‘संघीय निजामती सेवा विधेयक, २०८०’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि जनाएको विरोधको सूचनालाई...
सुरु भयो प्रचण्डको अर्को उथलपुथल यात्रा
सुरु भयो प्रचण्डको अर्को उथलपुथल यात्रा पहिलो गठबन्धन गरेर एमालेलाई सभामुख पद पाउन मद्दत गरेका उनले राष्ट्रपति पदमा नेपाली कांग्रेसलाई सहयोग गरेकै हुन्। सभामुखमा एमालेका नेता देवराज घिमिरे र राष्ट्रपतिमा नेपाली कांग्रेसका रामचन्द्र पौडेल चुन्न प्रचण्डले पुर्याएको योगदानलाई दुवै ठूला पार्टीले बिर्सन मिल्दैन।यसको बदलामा भविष्य अनिश्चित रहेको प्रधानमन्त्री पद र राष्ट्रिय सभाको अध्यक्ष पद दाहालको...
विश्वासको मत पाएर पनि विश्वास गुमाउँदै गएका प्रधानमन्त्री
विश्वासको मत पाएर पनि विश्वास गुमाउँदै गएका प्रधानमन्त्री प्रधानमन्त्रीको रुपमा तेस्रो पटक सरकारको नेतृत्व सम्हालेको झण्डै १५ महिनाको अवधिमा तेस्रोपटक गठबन्धन फेरेका प्रचण्डले संसदमा आफ्नो समर्थन पनि गुमाउँदै गएका छन्। तेस्रो पटक विश्वासको मत लिने स्थितिसम्म आइपुग्दा उनको पक्षमा जम्मा १५७ मत पर्‍यो। जबकि उनलाई प्रधानमन्त्री बनाउन समर्थन गर्ने दल र सांसदहरु पनि अहिले उनको विपक्षमा उभिएका छन्।...
राष्ट्रपतिद्वारा मधेस, गण्डकी र लुम्बिनी प्रदेशका प्रदेश प्रमुख पदमुक्त
राष्ट्रपतिद्वारा मधेस, गण्डकी र लुम्बिनी प्रदेशका प्रदेश प्रमुख पदमुक्त राष्ट्रपति रामचन्द्र पौडेलले ३ प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेका छन्। सरकारको सिफारिसमा राष्ट्रपतिले मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेका हुन्। मन्त्रिपरिषद्को यही फागुन २८ गतेको बैठकले मधेस प्रदेशका प्रदेश प्रमुख हरिशङ्कर मिश्र, गण्डकी प्रदेशका पृथ्वीमान गुरुङ र सुदूरपश्चिम प्रदेशका देवराज जोशीलाई हटाउने निर्णय गरेको थियो। 
प्रधानमन्त्री प्रचण्डले तेस्रोपटक पाए विश्वासको मत
प्रधानमन्त्री प्रचण्डले तेस्रोपटक पाए विश्वासको मत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तेस्रोपटक विश्वासको मत प्राप्त गरेका छन्।बुधबार भएको मतदानमा पक्षमा १५७ र विपक्षमा ११० मत खसेको  हो।मतदान प्रक्रियामा २६८ सांसदको उपस्थित थियो। प्रधानमन्त्रीलाई विश्वासका लागि १३८ सांसदको मत आवश्यक थियो।प्रधानमन्त्री प्रचण्डले यसअघि २०७९ पुस १० मा प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले पुस २६ मा पहिलो...
कांग्रेसलाई प्रचण्डको जवाफ– तपाईंहरु एमालेसँग मिल्नोस्, म डराउँदिन
कांग्रेसलाई प्रचण्डको जवाफ– तपाईंहरु एमालेसँग मिल्नोस्, म डराउँदिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई ठूला पार्टीहरु नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार गठन गर्दा पनि आफूलाई कुनै फरक नपर्ने बताएका छन्। एमाले र कांग्रेस मिल्दा आफ्नो पार्टी माओवादी केन्द्र प्रमुख प्रतिपक्षी दलका रुपमा सक्रिय रहने प्रचण्डको भनाइ छ। बुधबार प्रतिनिधि सभा बैठकमा आफूले प्रस्तुत गरेको विश्वासको मत माग्नेसम्बन्धी...
साना राजनीतिक दल सत्ताको साहारामात्र होइन जनताको ठूलो भरोसा हुन्: रञ्जिता श्रेष्ठ
साना राजनीतिक दल सत्ताको साहारामात्र होइन जनताको ठूलो भरोसा हुन्: रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले साना राजनीतिक दल जनताको भरोसाका केन्द्र भएको बताएकी छन्। प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिँदै साना दलका भावना बुझ्न आग्रह गरिन्।उनले भनिन्, ‘साना राजनीतिक दल सत्ताको साहारामात्र होइन जनताको ठूलो भरोसा हुन्। चार सिटको सानो दल नागरिक उन्मुक्ति पार्टीले...
नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिताले भनिन्– प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौं
नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिताले भनिन्– प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौं नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने घोषणा गरेको छ। उक्त पार्टीका अध्यक्ष तथा संसदीय दलका अध्यक्ष रञ्जिता श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको विश्वासको मत माग्नेसम्बन्धी प्रस्तावको पक्षमा मत दिने बताएकी हुन्। बुधबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीले प्रस्तुत गरेको विश्वासको मत माग्नेसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै श्रेष्ठले विश्वासको...
सरकारलाई समर्थन छैन, तर शुभकामना— सीके राउत
सरकारलाई समर्थन छैन, तर शुभकामना— सीके राउत जनमत पार्टीका अध्यक्ष सीके राउतले सरकारलाई समर्थन नगरे पनि सफल कार्यकालको शुभकामना दिएका छन्। वर्तमान सरकारलाई विश्वासको मत दिने अवस्था नै नरहेको बताउँदै उनले अब प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री चयन गर्ने व्यवस्था हुनुपर्ने बताए। 
प्रधानमन्त्रीको केही गरौँ भन्ने हुटहुटीलाई साथ दिन जोखिम मोलेरै सरकारमा आयौँ— स्वर्णीम वाग्ले
प्रधानमन्त्रीको केही गरौँ भन्ने हुटहुटीलाई साथ दिन जोखिम मोलेरै सरकारमा आयौँ— स्वर्णीम वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा स्वर्णीम वाग्लेले जोखिम मोलेरै भए पनि वर्तमान सरकारलाई साथ दिएको बताएका छन्। तीन महिनाअघि प्रधानमन्त्रीसँग भएको भेटमा प्रधानमन्त्रीमा देशका लागि केही गरौँ भन्ने हुटहुटीमा हामीले साथ दिन राजी भएका थियौँ। प्रतिनिधि सभाको बैठकमा वाग्लेले प्रधानमन्त्रीको अस्थिरता बेइमानीको कुरा नगरी परिवर्तनका विषयमा खोजी गर्नुपर्ने बताए। उनले...
Weather Update