राष्ट्रपतिद्वारा मधेस, गण्डकी र लुम्बिनी प्रदेशका प्रदेश प्रमुख पदमुक्त

काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले ३ प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेका छन्। सरकारको सिफारिसअनुसार राष्ट्रपतिले मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेका हुन्।
मन्त्रिपरिषद्को यही फागुन २८ गतेको बैठकले मधेस प्रदेशका प्रदेश प्रमुख हरिशङ्कर मिश्र, गण्डकी प्रदेशका पृथ्वीमान गुरुङ र सुदूरपश्चिम प्रदेशका देवराज जोशीलाई हटाउने निर्णय गरेको थियो।
मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड ‘ख’ बमोजिम प्रदेश प्रमुहरुलाई पदमुक्त गरेका हुन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेससँगको गठबन्धन तोडेर नयाँ सत्ता समीकरण बनाएपछि कांग्रेसको ‘कोटा’मा नियुक्त भएका प्रदेश प्रमुखहरु हटाउने निर्णय गरिएको थियो।
प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८० १६:५४