गृहमा रिजल्ट देखाउन लामिछानेको जोडबल, ९० दिनमा हरेक सूचक माथि उठाउन निर्देशनशुक्रबार, चैत २, २०८०

सरकारको ‘साझा न्यूनतम कार्यक्रम’ टुंग्याउँदै गठबन्धन कार्यदल शुक्रबार, चैत २, २०८० सत्ता गठबन्धनको साझा न्यूनतम कार्यक्रम निर्माणका लागि कार्यदलमा रहेका नेताहरूबीच आज पनि छलफल हुँदैछ।कार्यदलले आजै साझा न्यूनतम नीति तथा कार्यक्रमलाई अन्तिम रूप दिने गठबन्धनका शीर्ष नेताहरूमाझ छलफलका लागि प्रस्तुत गर्ने तयारी छ। कार्यदलले साझा न्यूनतम कार्यक्रमको मस्यौदा पहिल्यै तयार गरिसकेको छ। त्यसबारे आवश्यक थप छलफल गरी टुंग्याउने तयारी रहेको...

हिजो स्थगित माओवादी स्थायी कमिटी आज शुक्रबार, चैत २, २०८० नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै छ।गत फागुन २८ गते बोलाइएको बैठक विकसित राजनीतिक घटनाक्रमका स्थगित भएको थियो। बिहीबार बस्नेगरी फेरि डाकिए पनि स्थगित भएको बैठक आज बस्नेछ।

राष्ट्रिय सभामा आज सुरक्षित कारोबार विधेयक प्रस्तुत हुने शुक्रबार, चैत २, २०८० राष्ट्रिय सभाको बैठक आज बस्दैछ। राष्ट्रिय सभामा नारायणप्रसाद दाहाल अध्यक्ष नियुक्त भएपछिको यो पहिलो बैठक हो। बैठक बिहान ११ बजेर १५ मिनेटका लागि बोलाइएको संसद् सचिवालयले जनाएको छ। आजको बैठकमा राष्ट्रिय सभाका नवनिर्वाचित अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्री नियुक्ति र कार्यभार सबन्धी पत्रको ब्यहोरा जानकारी गराउने कार्यसूची छ।

अपराध नियन्त्रण गर्न निर्देशन कुर्नु पर्दैन: गृहमन्त्री शुक्रबार, चैत २, २०८० अबको तीन महिनाभित्र गृह मन्त्रालयका हरेक सूचक सकारात्मक हुनुपर्नेमा जोड दिँदै गुहमन्त्री लामिछानेले काममा आलटाल गर्ने, निर्देशन पालना र लक्ष्य पूरा नगर्नेलाई कारबाही गरिने चेतावनी दिए। उनले भने, ‘निर्देशनमा होइन टिमको सदस्यका रुपमा योजनाबद्ध र प्रभावकारी काम गरौँ। समाजमा रहेका गलत पात्र र प्रवृत्ति तपाईंहरु नै चिन्नुहुन्छ भने सुधारमा के...

सत्ता गुमाउँदाको पीडामा कहिलेसम्म छट्पटाइरहने हो कांग्रेस? बिहीबार, चैत १, २०८० अब आफूहरुको भूमिका के हुन्छ भनेर कांग्रेसका धेरै नेतालाई थाहा छैन। धेरैले सभापति शेरबहादुर देउवाले कुनै न कुनै ‘जुक्ति’ निकाल्ने आशा गरेका छन्। तर आफ्नै वरपरका मान्छेहरुको दबाबबाट थिचिएका देउवाले कांग्रेसलाई पुनर्जागृत गर्ने कुनै ‘चमत्कार’ गर्लान् भन्ने अवस्था पनि छैन। देउवाको पछिल्लो सक्रियता र उनी निकटका नेताहरुको अभिव्यक्तिले भने कांग्रेस...

रवि लामिछाने र दिपेश पुनबारे सदनमा उठ्यो प्रश्न बिहीबार, चैत १, २०८० प्रतिनिधि सभाको बिहीबारको बैठकमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छाेरा दिपेशलाई कारबाहीको माग उठेको छ। नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले सहकारी ठगी र सुन तस्करी प्रकरणमा नाम जोडिएका पूर्वउपराष्ट्रपति पुनका छोरा दिपेशलाई कारबाही गर्न माग गरेका हुन्। त्यस्तै कांग्रेसले उपप्रधानमन्त्री एवम् गृहमन्त्रीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

संसदमा सोविताको प्रश्न— किसानको रोदन किन सुनिँदैन ? बिहीबार, चैत १, २०८० राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले देशको समग्र कृषि प्रणाली नै संक्रमित त प्रदुषित भएको बताएकी छन्। बिहीबारको प्रतिनिधि सभा बैठकमा उनले कृषिप्रधान भनेर परिचित देशमा किसानहरूको रोदन सरकारले सुन्न नसक्नु दुखद रहेको भन्दै देशको समग्र कृषि प्रणाली नै संक्रमित त प्रदुषित भएको बताइन।

वैशाख—१५ को उपनिर्वाचन गर्न ८ करोड लाग्ने बिहीबार, चैत १, २०८० आगामी उपनिर्वाचन सम्पन्न गर्न करिब ८ करोड खर्च लाग्ने निर्वाचन आयोगले जनाएको छ। मतदान केन्द्र व्यवस्थापन, मतदान, मतपेटिका संकलन, मतगणना र सुरक्षा प्रवन्ध गर्न यति बजेट आवश्यक परेको आयोगको भनाई छ।आयोगले बुधबार अर्थसचिव कृष्णहरि पुष्करलाई बोलाएर उपनिर्वाचन खर्चको सम्बन्धमा छलफल गरेको थियो। अर्थ मन्त्रालयसँग बजेटको अभाव रहेको र स्रोत...

मित्रवत सुझाव भन्दै कांग्रेस सांसदले रवि लामिछानेलाई भने: तपाईंलाई दिएको जिम्मेवारी ठूला माछा उम्काउने प्रपञ्च त होइन ? बिहीबार, चैत १, २०८० सघन आरोपबाट घेरिएका गृहमन्त्रीले यस्तै प्रकृतिका अन्य दोषीलाई कसरी कानूनी कारबाहीको दायरामा ल्याउनुहुन्छ? कतै तपाईंको पोजिसनलाई रक्षाकवज बनाएर एक दुई करोडको मात्र अभियोग लागेका तपाईंलाई श्रीखण्डीको भूमिकामा अगाडि सारेर दशौँ अर्बको ठगी गर्ने ठूला माछाहरू उम्काउने प्रपञ्चको जानीनजानी हतियार त बनिरहनुभएको छैन? सभामुखमार्फत मेरा मित्र रवि लामिछानेलाई यति सुझाव दिनु...

कोशीमा कांग्रेस नेतृत्वको सरकार ढल्ने अवस्था छैन बिहीबार, चैत १, २०८० नेपाली कांग्रेसले कोशी प्रदेशमा मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकार ढल्ने अवस्था नरहेको निष्कर्ष निकालेको छ। बिहीबार सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा बसेको बैठकले केन्द्रमा सत्ता समीकरण फेरिए पनि कोशीमा कांग्रेस नेतृत्वको सरकारले निरन्तरता पाउने निष्कर्ष निकालेको हो।

गृहमन्त्रीको नियुक्तिबारे प्रधानमन्त्रीबाट जवाफ माग बिहीबार, चैत १, २०८० प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधानमन्त्री एवम् गृहमन्त्रीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् सांसद रवि लामिछानेको नियुक्तिका विषयमा सरकारसँग जवाफ माग गरेको छ । आजको बैठक प्रारम्भ हुनासाथ कांग्रेसका सांसदहरु आफ्नो स्थानबाट उठेपछि सभामुख देवराज घिमिरेले सांसद बद्रीप्रसाद पाण्डेलाई बोल्न समय दिएका थिए।

शिशिर खनालले संसदबाट भने— चक्रपथ बनाउन काठमाडौं महानगरसँग सापटी लिए हुन्छ बिहीबार, चैत १, २०८० उपत्यका विकास प्राधिकरणले बजेट अभावमा बाहिरी चक्रपथ निर्माणको कामलाई अगाडि बढाउन नसकेकोप्रति सांसदले सरकारको ध्यानाकर्षण गराएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले बिहीबार प्रतिनिधि सभा बैठकमा चक्रपथ निर्माणमा भएको ढिलाईले स्थानीय वर्षौंदेखि धुलो र हिलोको मारमा परेको भन्दै सरकारलाई महानगरसँग आर्थिक सहयोग मागेर चक्रपथ निर्माण कार्य अगाडि बढाउन व्यङ्ग्य...